शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
फोटोफिचर

सानेपामा ‘श्रावण मेला’ सुरु : मेहेन्दी, भजन कन्सर्ट र सिङ्गारका स्टलमा आकर्षण

शनिबार, ०९ साउन २०८३, १६ : ३२
शनिबार, ०९ साउन २०८३

सारांश

  • ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा 'श्रावण मेला' सुरु भएको छ।
  • मेलामा मेहेन्दी उत्सव, भजन कन्सर्ट तथा विभिन्न धार्मिक, सांस्कृतिक र व्यावसायिक स्टलहरू मुख्य आकर्षणका रूपमा रहेका छन्।
  • मेलामा स्वास्थ्य र तन्दुरुस्तीलाई प्रोत्साहन गर्न 'श्रावण रन' समेत आयोजना गरिएको छ।

काठमाडौँ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा साउन ९ र १० गते दोस्रो संस्करणको ‘श्रावण मेला’ अन्तर्गत ‘बिगेस्ट मेहेन्दी भेला’ सुरु भएको छ।

क्लासिक्स प्रोजेक्ट्सको आयोजनामा ‘पवित्र महिनाको उत्सव’ भन्ने नारासहित सञ्चालन भइरहेको उक्त मेलामा सर्वसाधारणका लागि प्रवेश निःशुल्क गरिएको छ।

Sharwan Bhela_NPL_Nepal Photo Library1

साउन महिनाको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्वलाई एकै स्थानबाट अनुभूति गराउने उद्देश्यले आयोजना गरिएको मेलामा मेहेन्दी उत्सव, भजन कन्सर्ट तथा विभिन्न धार्मिक, सांस्कृतिक र व्यावसायिक स्टलहरूसहितको ‘श्रावण बजार’ मुख्य आकर्षणका रूपमा रहेको छ। श्रावण बजार बिहान ९ बजेदेखि सञ्चालन भइरहेको छ।

Sharwan Bhela_NPL_Nepal Photo Library2

स्वास्थ्य र तन्दुरुस्तीलाई प्रोत्साहन गर्ने उद्देश्यले बिहान ६ बजेदेखि ‘श्रावण रन’ समेत आयोजना गरिएको छ।

Sharwan Bhela_NPL_Nepal Photo Library3

उक्त कार्यक्रममा माछापुच्छ्रे बैंक, बिग मार्टलगायत विभिन्न प्रतिष्ठित संस्थाहरूले व्यावसायिक सहकार्य तथा प्रायोजन गरेका छन्। साउन महिनाको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्वलाई एकै थलोमा उत्सवका रूपमा मनाउने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ।

Sharwan Bhela_NPL_Nepal Photo Library4Sharwan Bhela_NPL_Nepal Photo Library5Sharwan Bhela_NPL_Nepal Photo Library6Sharwan Bhela_NPL_Nepal Photo Library7Sharwan Bhela_NPL_Nepal Photo Library8Sharwan Bhela_NPL_Nepal Photo Library9Sharwan Bhela_NPL_Nepal Photo Library10Sharwan Bhela_NPL_Nepal Photo Library11Sharwan Bhela_NPL_Nepal Photo Library12Sharwan Bhela_NPL_Nepal Photo Library13Sharwan Bhela_NPL_Nepal Photo Library14

तस्बिरहरू: सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप