अपडेट
हराइरहेको हेलिकप्टर दोलखामा अवतरण गरेको सूचना (अपडेट)
शुक्रबार, १३ चैत २०८२, १५ : ०३
सारांश
- रसुवाको लाङटाङ क्षेत्रमा मुस्ताङ एयरलाइन्सको हेलिकप्टर हराएको छ।
- हेलिकोप्टर दिउँसो १ बजेदेखि सम्पर्कविहीन भएको बताइएको छ।
- त्रिभुवन विमानस्थलका प्रवक्ताले हेलिकप्टर हराएको पुष्टि गरेका छन्।
काठमाडौँ । दुई घण्टादेखि हराइरहेको भनिएको मुस्ताङ हेलिकप्टर प्रालिको हेलिकप्टर दोलखाको लप्चीमा अवतरण गरेको सूचना प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार खराब मौसमका कारण हेलिकप्टर सो क्षेत्रमा अवतरण गरेको हो ।
डीएसपी मनोजकुमार लामाले रातोपाटीसँग भने– ‘खराब मौसमका कारण हेलिकप्टर अवतरण भएको सूचना आएको छ । फोन नलाग्ने भएकाले हाम्रो टोली त्यहाँ पुग्दैछ ।’ लामाका अनुसार हेलिकप्टरमा हाइड्रोपावरका कर्मचारी सवार छन् ।
यता, त्रिभुवन विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमारले हेलिकप्टर हराएको पुष्टि गरे पनि थप विवरण प्राप्त नभएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘टिकाः स्टेटलेस सोल’को छायांकन सुरु
-
भिजिट भिसामा ‘काउन्टर सेटिङ’ आरोपमा वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
-
स्वर्णिम वाग्लेलाई राजद्रोहको मुद्दा लाग्न सक्छ : शाही
-
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक : मन्त्री चौधरी
-
अमेरिकाको न्यूजर्सीमा मनाइयो 'नेपाल डे'
-
जडीबुटी मार्ग र स्थानीय ‘इगो’ का कारण हुम्ला-बाजुरामा विवाद : आईजीपी पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण