कपिलवस्तु र दाङमा हत्या : दुईजना पक्राउ
सारांश
- कपिलवस्तुमा एक व्यक्तिको हत्या आरोपमा एक जना पक्राउ परेका छन्।
- दाङमा श्रीमानले श्रीमतीको हत्या गरेपछि उनलाई पनि पक्राउ गरिएको छ।
- प्रहरीले दुवै घटनामा आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । कपिलवस्तु र दाङमा छुट्टाछुट्टै भएका हिंसात्मक घटनामा दुई जनाले ज्यान गुमाएका छन्। कपिलवस्तुको बाणगंगा नगरपालिका-१ क्वाटर चोक बस्ने ३२ वर्षीय सुमन चौधरीको हत्या गरेको अभियोगमा प्रहरीले सोही ठाउँका ४५ वर्षीय उदय अधिकारीलाई बिहीबार राति नियन्त्रणमा लिएको छ।
अधिकारीले खुर्पा प्रहार गर्दा गम्भीर घाइते भएका चौधरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो। घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले आरोपी अधिकारीलाई तत्कालै पक्राउ गरेको छ।
यस्तै, दाङमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका-१९ दोघरे बस्ने ३३ वर्षीय गोपाल वलीले २७ वर्षीया श्रीमती कमला वलीलाई कुटपिट गरी हत्या गरेका हुन्।
घरायसी विवादका क्रममा गोपालले गरेको निर्घात कुटपिटबाट गम्भीर घाइते भएकी कमलाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा प्राण गएको हो। श्रीमतीमाथि कुटपिट भइरहेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट पुगेको प्रहरी टोलीले गोपाललाई नियन्त्रणमा लिएको छ।
यी दुवै घटनाका सम्बन्धमा प्रहरीले कानुनी प्रक्रिया अगाडि बढाउँदै थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन
-
चीनमा सीपीसीको वैभव, नेपालका कम्युनिस्टले किन खाए धक्का?
-
चीनमा किन बढिरहेछ ‘अनुहार किन्ने’ प्रवृत्ति ?
-
सरकारप्रति दृष्टिविहीनहरूको आक्रोश : सरकार आफैँ दृष्टिविहीन भयो
-
सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा पर्यो : ओली
-
९ करोड कमाउँदै ५१ औँ दिन मनायो ‘लालीबजार’ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण