काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा
काठमाडौँ । देशभर मौसम बदली भई काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा सुरु भएको छ । अहिले सातै प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका सूचना अधिकारी दिनकर कायस्थले आज र भोलि मौसम बदली रही वर्षा हुने जानकारी दिए। उनका अनुसार पछिल्लो एक घण्टामा करिब ५० मिलीमिटर वर्षामापन केन्द्रमा वर्षा मापन गरिएको छ।
त्यसमध्ये सबैभन्दा बढी सङ्खुवासभामा २७ मिलीमिटर र नुवाकोटमा २६ मिलीमिटर वर्षा भएको सूचना अधिकारी कायस्थले जानकारी दिए। लमजुङमा १७, चितवनमा छ दशमलव चार, म्याग्दीमा छ दशमलव चार, कास्कीमा सात दशमलव आठ, तनहुँमा सात दशमलव दुई मिलीमिटर वर्षा भएको छ।
पछिल्लो तीन घण्टामा भने म्याग्दी र सङ्खुवासभामा भारी वर्षा भएको जनाउँदै कायस्थले म्याग्दीमा ६० मिलीमिटर र सङ्खुवासभामा ५० मिलीमिटर वर्षा भएको बताउनुभयो । उहाँका अनुसार देशभरको मौसम बदली भएको छ।
विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । विभागले आज जारी गरेको बुलेटिनमा आज राति देशका हिमाली भूभागमा आंशिक बादल तथा कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराईका बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।
सोही कारण कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै तथा तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ, हुरीबतास र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागका सूचना अधिकारी कायस्थले जानकारी दिए।
शनिबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्ने र बाँकी भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ । कोशी, मधेस, बागमती प्रदेशका केही स्थान तथा बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन
-
सर्वोच्च अदालतले इजलासको ‘लाइभ स्ट्रिमिङ’का लागि कार्यविधि बनाउँदै
-
विश्वकपको नकआउट समीकरण : अघिल्लो चरणमा पुग्न कसलाई कस्तो नतिजा आवश्यक छ?
-
साउनदेखि ट्राफिक कारबाहीमा कडाइ
-
नेपाली सेनासँग सशङ्कित, ‘सुपर पावर’ ले चलाएको सङ्केत
-
राजेन्द्र राईले भने, ‘नेतृत्वले भुइँतहको वास्तविकता सही रूपमा बुझ्न सक्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण