कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयपछि एमाले सांसदले भने– निर्णय खेदजनक छ
शुक्रबार, १३ चैत २०८२, १९ : ३०
सुर्खेत। सरकारले गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेसँगै नेकपा एमालेका नेताहरूलाई तनाव भएको छ।
सरकारले कार्यान्वयन गर्ने निर्णय सार्वजनिक भएसँगै केपी ओली निकट मानिने एमाले सांसद लक्ष्मीप्रसाद पोखरेलले विरोध जनाएका छन्।
पोखरेलले मन्त्रिपरिषद्को निर्णय खेदजनक रहेको भन्दै सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन् ।
उक्त सिफारिस कार्यान्वयनमा आएसँगै आफ्ना अध्यक्ष केपी शर्मा ओली कारबाहीमा पर्न सक्ने देखिएपछि पोखरेलले सरकारको निर्णयको विरोध जनाएका हुन्।
उनले मन्त्रिपरिषद्को निर्णयलाई गुण्डागर्दी शैली भनेर टिप्पणी गरे ।
उनले भने, ‘उत्ताउलो र गुण्डागर्दी शैलीको मन्त्रिपरिषद्को निर्णय खेदजनक र अस्वीकार्य छ।’
पोखरेल केपी ओली निकट सांसद हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको बजेटमा भएको त्रुटि अर्थमन्त्रीले माफी माग्दै सच्याए
-
कर्णालीका विकास आयोजनामा सरकारको चरम बेवास्ता : सांसद मल्ल
-
महाकाली पारिको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाह हेरेर समृद्धिको सपना सजाउँदै स्थानीय
-
पूर्वाधार मन्त्रालयले याे वर्ष १० खर्बको टेन्डर खुलाउने
-
वडा कार्यालयको केन्द्रसम्म सडक पुग्न अझै ९ वर्ष लाग्ने
-
निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण