उपत्यकामा ‘हाई अलर्ट’: गृहमन्त्रीसहित सुरक्षा प्रमुखहरूको आकस्मिक छलफल
सारांश
- नयाँ मन्त्रिपरिषद्ले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्यो, जसले सुरक्षा व्यवस्था कडा पारिएको छ।
- गृहमन्त्री सुधन गुरुङले सुरक्षा चुनौतीबारे छलफल गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूसँग आकस्मिक बैठक बोलाए।
- प्रहरीले 'हाई अलर्ट' जारी गर्दै उपत्यकाका सबै सुरक्षा युनिटलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
काठमाडौँ । नवगठित मन्त्रिपरिषद्ले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । सरकारको निर्णयपछि उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौतीको समीक्षा र एकीकृत रणनीति तय गर्न नव–नियुक्त गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग आकस्मिक छलफल थालेका छन् ।
उच्च सुरक्षा स्रोतका अनुसार, गृहमन्त्री गुरुङ, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालबिच सशस्त्र प्रहरी प्रमुख अर्यालको नक्सालस्थित सरकारी निवासमा छलफल भइरहेको छ ।
यसअघि शुक्रबार साँझ नै नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैले आ–आफ्ना मातहतका निकायलाई आन्तरिक सर्कुलर जारी गर्दै ‘हाई अलर्ट’मा रहन निर्देशन दिएका छन् । उपत्यकास्थित सम्पूर्ण सुरक्षा युनिटहरूलाई तयारी अवस्थामा राखिएको स्रोतले जानकारी दिएको छ ।
यो सम्पूर्ण सुरक्षा तयारी आज बसेको बालेन शाह नेतृत्वको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकको निर्णयपछि चालिएको हो । बैठकले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । यसको कार्यान्वयनले विरोध प्रदर्शन तथा राजनीतिक तनाव निम्त्याउन सक्ने आङ्कलन गर्दै सुरक्षा निकायहरूले उच्च सतर्कता अपनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण