गुण्डु क्षेत्रमा बढाइयो सुरक्षा निगरानी
सारांश
- नवनियुक्त प्रधानमन्त्री बालेन शाहको पहिलो बैठकले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्यो।
- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवास क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ र सुरक्षा निकायहरूलाई 'हाई अलर्ट' मा राखिएको छ।
- गृहमन्त्री र प्रहरी प्रमुखहरूबीच उच्चस्तरीय छलफल भइरहेको छ, उपत्यकाका सुरक्षा युनिटहरूलाई तयारी अवस्थामा राखिएको छ।
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई अत्यन्त पारिएको छ । सरकारको यो निर्णयपछि उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवास रहेको गुण्डु क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ भने सुरक्षा निकायहरूलाई ‘हाई अलर्ट’ मा राखिएको छ ।
उच्च सुरक्षा स्रोतका अनुसार, ओली र रमेश लेखकलाई पक्राउ गर्ने विषयमा प्रहरीमा गम्भीर छलफल भए पनि हालसम्म कुनै ठोस निष्कर्ष भने निस्किसकेको छैन । यद्यपि, गुण्डुस्थित ओली निवास आसपासको सुरक्षा सतर्कता र निगरानीलाई भने उल्लेख्य रूपमा बढाइएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको नक्सालस्थित सरकारी निवासमा गृहमन्त्री गुरुङ, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक अर्याल लगायतबिच उच्चस्तरीय छलफल भइरहेको छ ।
यसअघि शुक्रबार साँझ नै नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैले आ–आफ्ना मातहतका निकायलाई आन्तरिक सर्कुलर जारी गर्दै ‘हाई अलर्ट’ मा रहन निर्देशन दिइसकेका छन्। उपत्यकास्थित सम्पूर्ण सुरक्षा युनिटहरूलाई कुनै पनि परिस्थितिका लागि तयारी अवस्थामा राखिएको छ ।
शुक्रबार सम्पन्न प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण