के लेखिएको छ ओलीको पक्राउ पुर्जीमा ?
शनिबार, १४ चैत २०८२, ०६ : १९
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न भक्तपुरस्थित निवासमा प्रहरी परिचालन गरिएको छ।
- ओलीलाई ज्यान सम्बन्धी कसुरको मुद्दामा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको छ।
- नयाँ सरकार गठन भएलगत्तै गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएको थियो।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् । भक्तपुरस्थित गुण्डुबाट उनलाई पक्राउ गरिएको हो । पक्राउ पुर्जीको साथ प्रहरी बिहान करिब ४ः४० बजे ओली निवास पुगेको हो ।
ओलीको नाममा जारी भएका पक्राउ पुर्जीमा लेखिएको छ– 'तपाईँलाई ज्यान सम्बन्धी कसुर समेतको मुद्दाको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नुपर्ने भएकोले यो पक्राउ पुर्जी जारी गरिएको छ । '
शुक्रबार नयाँ सरकार गठन भए लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयपछि गृहमन्त्री सुधन गुरुले रातभर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरूसँग निरन्तर छलफल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण