बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
जेनजी आन्दोलनमा दमन प्रकरण

ओली र लेखकलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखियो

शनिबार, १४ चैत २०८२, ०६ : ५३
शनिबार, १४ चैत २०८२

सारांश

  • पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ।
  • उनीहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ।
  • जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले उनीहरूलाई फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो।

काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेर दुवै जनालाई परिसरमा लगिएको हो । 

दुवै जनालाई परिसरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । ओलीलाई प्रहरीले गुण्डुबाट र लेखकलाई कटुन्जेबाट पक्राउ गरेको हो । 

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्व प्रधानमन्त्री केपी ओली र रमेश लेखक सहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

शुक्रबार बालेन शाह  नेतृत्वको पहिलो मन्त्रिपरिषद्ले ओली र लेखकलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि गृहमन्त्री सुधन गुरुङले रातभर आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजी राजु अर्यालसँग उनीहरूलाई पक्राउ गर्नेबारे छलफल गरेका थिए । छलफलपछि शनिबार बिहान दुवैजना पक्राउ परेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप