ओली पक्राउको विरोध गर्ने ७ जना एमाले कार्यकर्ता पक्राउ
सारांश
- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भयो।
- प्रहरीले सात जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ भने एक जना घाइते भएका छन्।
- प्रदर्शनकारीहरूले ओलीलाई रिहा गर्न माग गर्दै सडकमा टायर बालेर प्रदर्शन गरेका थिए।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा आज शनिबार काठमाडौँमा एमाले कार्यकर्ताहरूले गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ । झडपपछि प्रहरीले सात जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ भने एक जना घाइते भएका छन् ।
प्रदर्शनकारी र प्रहरीबिच बबरमहल, बानेश्वर र माइतीघरलगायत क्षेत्रमा झडप भएको थियो । प्रदर्शनकारीहरूले सडकमा टायर बालेर अवरुद्ध पार्दै ओलीलाई निःशर्त रिहा गर्नुपर्ने माग राखेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले दिएको जानकारीअनुसार बबरमहल क्षेत्रबाट सात जना एमालेका प्रदर्शनकारीलाई पक्राउ गरिएको हो । पक्राउ परेका सातै जनालाई काठमाडौँ जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको उनले जानकारी दिए ।
आज प्रहरीसँगको झडपमा एक जना प्रदर्शनकारी घाइते भएका छन् । घाइतेको टाउकोमा चोट लागेको भए पनि उनलाई उपचारपछि डिस्चार्ज गरिएको एसपी भट्टराईले जानकारी दिए ।
प्रदर्शन नियन्त्रणमा लिनका लागि प्रहरीले एक राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो । ओलीको पक्राउको विरोधमा आज एमाले कार्यकर्ताहरूले देशका विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण