गण्डकी प्रदेशस्तरीय भलिबल : बौदीकालीले जित्यो उपाधि
कास्की । नवलपरासीको बौदीकाली गाउँपालिकाले गण्डकी प्रदेश अन्तरपालिका ‘अध्यक्ष कप’ भलिबल प्रतियोगिताको उपाधि जितेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा यही चैत ११ गतेदेखि गाउँपालिकाको केन्द्र लाहाचोकको महेन्द्र मावि खेल मैदानमा सञ्चालन भएको प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा तनहुँको शुक्ला गण्डकी नगरपालिकालाई ३-२ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै बौदीकालीले उपाधि जितेको हो ।
च्याम्पियन बनेको बौदीकालीले ट्रफीसहित रु दुई लाख पुरस्कार पाउँदा उपविजेता शुक्लागण्डकीले रु एक लाख पुरस्कार पायो । बौदीकालीले पहिलो सेट २५-१७ ले आफ्नो पक्षमा पार्दा दोस्रो र तेस्रो सेट शुक्लालाई २१-२५ र २२-२५ ले सुम्पियो । चौथो सेटमा २५-१७ ले पुनरागमन गर्न सफल भयो । अन्तिम सेट १५-११ ले जित्दै बौदीकाली च्याम्पियन बन्न सफल भयो ।
सेमिफाइनलमा पुगेका कास्कीको अन्नपूर्ण गाउँपालिका र स्याङ्जाको बिरुवा गाउँपालिकाले नगद रु २५/२५ हजारका दरले पुरस्कार, ट्रफी र मेडल प्राप्त गरेका छन् । पुरुषतर्फ बौदीकालिका हिमाल सुनारी उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
शुक्ला गण्डकीका ईश्वर स्वाँर उत्कृष्ट स्पाइकर, बौदीकालिका विश्वास अधिकारी उत्कृष्ट ब्लकर, शुक्लाका अशोक मल्ल उत्कृष्ट सेटर, बौदीकालिका अशोक श्रेष्ठ उत्कृष्ट सर्भर, शुक्लाका मदन ठकुरी वेस्ट डिफेन्डर र उत्कृष्ट प्रशिक्षक बौदीकालिका जितबहादुर थापा घोषित भएका हुन् ।
यसैगरी, महिलातर्फको उपाधि एलिट भलिबल एकेडेमी नदीपुर पोखराले जितेको छ । विजेता एलिटले नगद रु ६० हजार साथमा ट्रफी र मेडल प्राप्त गर्यो । त्यसैगरी शान्ता भलिबल ट्रेनिङ सेन्टर द्वितीय भई नगद रु ३० हजार साथमा ट्रफी तथा मेडल प्राप्त गर्यो ।
यसैगरी, पालिकाले आयोजना गरेको छोलो हान्ने खेलतर्फ अशोक पुन प्रथम, सरोज मगर द्वितीय पारमान गुरुङ तृतीय र दीपक हर्मेल सान्त्वनास्थान प्राप्त गरेका छन् । छोलोमा प्रथमले नगद रु १० हजार, द्वितीयले नगद रु पाँच हजार, तृतीयले नगद रु दुई हजार र सान्त्वनाले नगद रु एक प्राप्त गरेका आयोजकले जनाएको छ ।
विजेता टोली तथा खेलाडीलाई गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीलगायतले पुरस्कार वितरण गरे ।
गाउँपालिका अध्यक्ष गुरुङले स्थानीय स्तरबाट देशका लागि आवश्यक सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको बताए । “देशका लागि आवश्यकसमक्ष खेलाडी उत्पादन गर्ने पालिकाबाट नै हो । प्रतिभाको खोजी गरी उनीहरुलाई राष्ट्रियस्तरमा चिनाउनका लागि प्रतियोगिताले मद्दत पुगेको छ”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
-
रास्वपा भूगोलतर्फको चुनावी नतिजा: प्रदेशबाट कसले कति मत पाए ? (सूचीसहित)
-
निर्वाचन आयोगले विजेता घोषणा नगर्दै रास्वपामा बढे महामन्त्रीको आकांक्षी
-
रास्वपामा सर्वाधिक मत ल्याउने ३५ उम्मेदवार को–को हुन् ? (हेर्नुहोस् सूची)
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण