टोटनह्यामको मुख्य प्रशिक्षकमा रोबर्टो डी जर्बीको चर्चा
सारांश
- टोटेनह्याम हटस्पर्सले इटालियन प्रशिक्षक रोबर्टो डी जर्बीलाई नयाँ मुख्य प्रशिक्षक बनाउने तयारी गरेको छ।
- अन्तरिम प्रशिक्षक इगोर ट्युडोरले ४४ दिनमै क्लब छाडेपछि टोटनह्याम नयाँ प्रशिक्षकको खोजीमा लागेको हो।
- डी जर्बीले सिजनको अन्त्यसम्म पर्खिन चाहेका छन्, तर क्लब उनलाई तत्कालै भित्र्याउन छलफलमा जुटेको छ।
लन्डन । इंग्लिस प्रिमियर लिग क्लब टोटनह्याम हटस्पर्सले इटालियन प्रशिक्षक रोबर्टो डी जर्बीलाई आफ्नो नयाँ स्थायी मुख्य प्रशिक्षक बनाउने तयारी थालेको छ। क्लबका अन्तरिम प्रशिक्षक इगोर ट्युडोरले आपसी सहमतिमा ४४ दिनमै क्लब छाडेपछि टोटनह्याम नयाँ प्रशिक्षकको खोजीमा जुटेको हो।
टोटनह्यामले ट्युडोरलाई हटाउने निर्णय केही दिनअघि नै गरे पनि उनका पिताको निधन भएका कारण शोक मनाउने समय दिएर मात्र औपचारिक घोषणा गरेको थियो।
गत आइतबार नटिङ्घम फरेस्टसँग ३–० को पराजय भोगेपछि टोटनह्याम रेलिगेसन क्षेत्रभन्दा मात्र एक अंक माथि छ, जसका कारण क्लब व्यवस्थापनले ट्युडोरसँगको यात्रा टुङ्ग्याउने निर्णय गरेको हो। यसअघि मार्सेबाट बाहिरिएका डी जर्बी अहिले कुनै पनि क्लबमा आबद्ध छैनन्।
ब्राइटनका पूर्व प्रशिक्षक डी जर्बीले टोटनह्यामको जिम्मेवारी सम्हाल्न इच्छा देखाए पनि उनले सिजनको अन्त्यसम्म पर्खिन चाहेको बुझिएको छ। क्लब प्रिमियर लिगमा टिकिरहने निश्चित भएपछि मात्र उनले अन्तिम निर्णय लिने बताइएको छ।
क्लबका मुख्य कार्यकारी विनय वेंकटेशम र खेल निर्देशक जोहान लांगे अहिले डी जर्बीलाई तत्कालै भित्र्याउन सकिन्छ कि भनेर छलफलमा जुटेका छन् । अहिलेको संकटपूर्ण अवस्थामा डी जर्बीले क्लबको बागडोर सम्हालेमा टोटनह्यामको खस्कँदो प्रदर्शनमा सुधार आउने समर्थकहरूको अपेक्षा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण