परिवारको साथ लिएर आँखा शिविरमा आएका वृद्धवृद्धा उपचारपछि आफैँ घर फर्किए
सारांश
- मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा १,३५८ जनाको आँखा परीक्षण गरियो।
- शिविरमा ५१ जनामा मोतियाबिन्दु देखिएपछि हिमालयन आँखा अस्पतालमा शल्यक्रिया गरियो।
- आँखा उपचारपछि वृद्धवृद्धाहरू आफैँ घर फर्किन सक्ने भएका छन्, जसले खुशी ल्यायो।
पर्वत । यहाँको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार ३५८ जना नागरिकको आँखा परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा यही चैत ८ देखि १५ गतेसम्म सो शिविर सञ्चालन गरिएको थियो ।
आँखा जाँचका क्रममा ५१ जनामा मोतियाविन्दु देखिएको थियो । उनीहरूको हिमालयन आँखा अस्पतालका विशेषज्ञद्वारा शल्यक्रिया गरी आँखाको ज्योति फर्काइएको मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले जानकारी दिइन् । उनले भनिन्, “पहिले परिवारको सहारा लिएर शिविरमा आएका वृद्धवृद्धा आँखा उपचारपछि आफैँ घर फर्किन सक्ने भएका छन् । ”
मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले लामो समयदेखि आँखाको ज्योति गुमाएर बसेका वृद्धवृद्धा यस शिविरबाट लाभान्वित भएको बताए । वर्षौँदेखि आँखा नदेख्ने समस्या लिएर थलिएका वृद्धवृद्धा आँखाको ज्योति फर्किएपछि हर्षित बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण