मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नयाँ गीत ‘सधैँ साथमा तिम्रो’ सुरेश र रेहाको रोमान्टिक अभिनय

सोमबार, १६ चैत २०८२, ११ : ३६
सोमबार, १६ चैत २०८२

सारांश

  • गायक सुरेश बस्नेतको स्वर रहेको गीत 'सधैँ साथमा तिम्रो' सार्वजनिक भयो।
  • गीतको भिडियोमा सुरेश बस्नेत र रेहा पोखरेलको अभिनय रहेको छ, जसमा प्रेम यात्रा देखाइएको छ।
  • भिडियो अमेरिका, अस्ट्रेलिया र न्यूजिल्याण्डमा खिचिएको हो, जसको निर्देशन विक्रान्तमान श्रेष्ठ र क्रिस्टिना बसिस्टले गरेका हुन्।

काठमाडौँ । गायक सुरेश बस्नेतको स्वर रहेको गीत ‘सधैँ साथमा तिम्रो’ सार्वजनिक गरिएको छ । गोविन्द पुनको शब्द तथा सङ्गीत रहेको गीतमा दिनेश श्रेष्ठको एरेन्ज रहेको छ । 

रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा गायक सुरेश बस्नेत र रेहा पोखरेलको अभिनय रहेको छ । भिडियोमा रेहा र सुरेशको प्रेम यात्रा र जीवनको आरोहलाई प्रस्तुत गरिएको छ । जुन मोड दुवैको वास्तविक कथा भएको बताइन्छ । गीतको भिडियोलाई अमेरिका, अस्ट्रेलिया र न्यूजिल्याण्डका रमणीय स्थानमा खिचिएको छ ।

विक्रान्तमान श्रेष्ठ र क्रिस्टिना बसिस्टको निर्देशन रहेको भिडियोमा साहिल खानको सम्पादन छ । भिडियोको छायाङ्कन अस्ट्रेलियामा सौरभ मानन्धर, न्यूजिल्याण्डमा यूरिका फिल्मस् प्रालि र अमेरिकामा पशुपति बस्यालले गरेका हुन् ।

लामो समयदेखि अमेरिकामा रहेर चिकित्सक पेसामा आबद्ध सुरेश र रेहा प्रदेशमा रहेर पनि नेपाली गीत संगीतलाई अगाडि बढाइरहेका छन् । आगामी दिनमा पनि गीत सङ्गीत नियमित ल्याउने उनीहरू बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप