सोनम कपुर बनिन् दोस्रो सन्तानकी आमा
सारांश
- बलिउड अभिनेत्री सोनम कपुरले दोस्रो सन्तानको रूपमा छोरा जन्माइन्।
- उनले सामाजिक सञ्जालमार्फत आफू आमा बनेको जानकारी गराइन्।
- अभिनेत्री सोनम कपुर र व्यवसायी आनन्द आहुजाको परिवारमा नयाँ सदस्य थपिए।
मुम्बई । बलिउडकी चर्चित अभिनेत्री सोनम कपुर आमा बनेकी छन् । उनले आइतबार (२९ मार्च २०२६) मा दोस्रो सन्तानको रूपमा छोरालाई जन्म दिएकी हुन् । आफू आमा बनेको उनले सामाजिक सञ्जाल इष्टाग्राम मार्फत सार्वजनिक गरेकी छन् ।
उनले लेखेकी छन्, ‘हामी यो घोषणा गर्न पाउँदा निकै खुसी छौँ कि आज, २९ मार्च २०२६ मा हाम्रो सानो छोराको जन्म भएको छ । हाम्रो परिवार अझ ठूलो भएको छ । वायु आफ्नो सानो भाइलाई स्वागत गर्न पाउँदा निकै खुसी छ । हामी चार जनाको परिवारका रूपमा यो नयाँ अध्याय सुरु गर्न पाउँदा आभारी छौँ ।’
दोस्रो सन्तानको आमा बनेकोमा उनलाई बुबा तथा दिग्गज अभिनेता अनिल कपुरले बधाई समेत दिएका छन् । सोनमले व्यवसायी आनन्द आहुजासँग सन् २०१८ मा विवाह गरेकी थिइन् ।
उनीहरूको पहिलो छोरा वायुको जन्म सन् २०२२ मा भएको थियो । सोनमले नोभेम्बर २०२५ मा आफ्नो दोस्रो गर्भावस्थाको घोषणा गरेकी थिइन् भने फेब्रुअरी २०२६ मा उनले बेबी सावर मनाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
-
टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण