चार दिनदेखि किन बन्द छ तातोपानी नाका ?
सारांश
- नेपाल-चीन सीमास्थित तातोपानी नाकामा मालवाहक सवारीको आवतजावत अवरुद्ध भएको छ।
- नवनिर्वाचित सांसद हर्क साम्पाङले नाका अवरोधबारे चासो व्यक्त गरेका छन्।
- भन्सार कार्यालयका अनुसार सडक मर्मतका कारण यातायात रोकिएको हो र छिट्टै बाटो खुल्नेछ।
काठमाडौँ । चार दिनदेखि नेपाल–चीन सीमास्थित तातोपानी नाकामा मालवाहक सवारीको आवतजावत ठप्प भएपछि यसबारे चासो बढेको छ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं नवनिर्वाचित सांसद हर्क साम्पाङलेसमेत नाकाको अवरोधलाई लिएर सामाजिक सञ्जालबाट प्रश्न उठाएपछि यसबारे चासो बढेको हो।
तर, तातोपानी भन्सार कार्यालयका भन्सार कार्यालयले चिनियाँ नाका बन्द नभएको स्पट पारेको छ । भन्सार कार्यालयका सूचना अधिकारी तुलबहादुर पाण्डेले सडकको भौगोलिक अवस्था र मर्मत कार्यका कारण यातायात रोकिएको बताए ।
सूचना अधिकारी पाण्डेका अनुसार पछिल्लो तीन–चार दिनदेखि सडकमा आएको अवरोधका कारण मालवाहक कन्टेनरहरू चिनियाँ भूभागमै रोकिएका हुन् ।
‘माथिबाट पहिरो खसेको र तल सडक खन्ने क्रममा जमिन धसिएकाले बाटो बिग्रिएको हो,’ पाण्डेले भने, ‘पछिल्लो समयको वर्षाले गर्दा झन् समस्या थपियो। यो कुनै नाकाबन्दी होइन, केवल सडक अवरुद्ध भएको हो ।’
उनले सामाजिक सञ्जालमा फैलिएका भ्रामक हल्लाको पछि नलाग्न आग्रह गर्दै सडक मर्मत भइरहेको र छिट्टै बाटो खुल्ने जानकारी दिए ।
उनले सडक मर्मतको काम भइरहेको र आजै साँझसम्म बाटो खुल्ने सम्भावना रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण