अदालत
महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति
सोमबार, १६ चैत २०८२, १७ : ३२
सारांश
- नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ अनुमति दिन जिल्ला अदालतले अस्वीकार गर्यो।
- जिल्ला प्रहरी परिसरले पक्राउ अनुमति मागेकोमा अदालतले अनुमति नदिएको एसएसपी रमेश थापाले बताए।
- धादिङकी शोभा पाठकको मुद्दामा पक्राउ अनुमति माग्दै प्रहरीले मिसिल पेश गरेको थियो।
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ अनुमति माग गरिएको मिसिल जिल्ला अदालतले फर्काइदिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले बस्नेतलाई पक्राउ गर्नका लागि अनुमति माग गर्दै मिसिल पेस गरेकोमा काठमाडाैँ जिल्ला अदालतबाट अनुमति प्राप्त नभएको एसएसपी रमेश थापाले बताए ।
धादिङकी शोभा पाठकले पहिल्यै तामेलीमा राखिएको मुद्दामा पक्राउ अनुमति माग गर्दै जिल्ला प्रहरी परिसर, भद्रकालीमा दायर गरेको निवेदनका आधारमा प्रहरीले अनुमति माग्दै पुनः मिसिल पेस गरेको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालय स्रोतका अनुसार न्यायाधीश ध्रुव कार्कीको बेन्चमा मिसिल पेस हुँदा अनुमति नदिइएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण