देउवा–कोइराला समूहको केन्द्रीय कार्यसमिति बैठक बस्दै
सारांश
- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहको बैठक बस्दै छ।
- बैठकमा समसामयिक राजनीति र सर्वोच्च अदालतमा दायर रिटबारे छलफल हुने बताइएको छ।
- देउवा-शेखर समूहले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वविरुद्ध रिट दायर गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा र डा शेखर कोइराला समूहकाे केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । महाराजगञ्जको स्मार्ट होटलमा १४ औँ महाधिवेशनबाट आएको केन्द्रीय समिति बैठक आह्वान भएको हो ।
‘१४ औँ महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमिति बैठक आह्वान भएको छ,’ निवर्तमान केन्द्रीय कार्यसमितिकी सदस्य लक्ष्मी खतिवडाले भनिन्, ‘मंगलबार बिहान ११ बजे महाराजगञ्जमा बैठक बस्छ ।’
निवर्तमान कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेताहरूलाई टेलिफोन गरेर बैठक आह्वान गरिएकोले सहभागी हुन भन्दै जानकारी दिइरहेका केन्द्रीय सदस्यहरूले बताएका छन् ।
बैठकमा समसामयिक राजनीति र सर्वोच्च अदालतमा आफूहरूले दायर गरेको रिटबारे छलफल हुने लक्ष्मीले बताइन् । सर्वोच्चमा दायर रिटको पेसी चैत २२ गतेका लागि तोकिएको छ ।
गत पुसमा भएको विशेष महाधिवेशनले चयन गरेको नयाँ नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको देउवा–शेखर समूहले समानान्तर गतिविधि सुरु गरेको हो । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेर खड्काले समानान्तर गतिविधि सुरु गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजलासमा वरिष्ठ अधिवक्ता काेइरालाकाे प्रश्न : व्यक्तिगत अधिकारमाथि धावा बोल्न मिल्छ ?
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण