निर्वाचन समीक्षा र अबको बाटोबारे छलफल गर्न कांग्रेसले सहमहामन्त्रीहरुलाई खटायो
सारांश
- नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचन र पार्टीको आगामी दिशाबारे समीक्षा गर्न सहमहामन्त्रीहरूलाई प्रदेशमा खटाएको छ।
- सहमहामन्त्रीहरूलाई ७ मध्ये ६ प्रदेशमा निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग छलफलको जिम्मेवारी दिइएको छ।
- विभिन्न प्रदेशमा कार्यक्रमका लागि मिति र संयोजक तोकिएको छ, जसमा चैत २३ देखि वैशाख ७ गतेसम्म कार्यक्रम हुनेछ।
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचन र पार्टीको अबको बाटोबारे समीक्षा गर्न सहमहामन्त्रीहरूलाई प्रदेशहरुमा जिम्मेवारी तोकेको छ । महामन्त्री प्रदीप पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै ७ मध्ये ६ प्रदेशमा सहमहामन्त्री खटाइएको जानकारी गराएका हुन् ।
केन्द्रीय कार्यसमितिको चैत १० र ११ गते सम्पन्न बैठकको निर्णय अनुसार खटाइएको विज्ञप्तिमा उल्लेख छ । ७ वटै प्रदेशमा कांग्रेसको तर्फबाट १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको उपस्थितिमा क्षेत्रगत समीक्षा र अबको बाटोबारे छलफल गर्न सहमहामन्त्रीलाई जिम्मेवारी दिइएको हो ।
त्यसका लागि पार्टीले मिति र संयोजक पनि तोकेको हो । विज्ञप्ति अनुसार कोशी प्रदेशको विराटनगरमा चैत्र २३ गते सहमहामन्त्री डा डिला संग्रौला पन्तको संयोजकत्वमा, मधेश प्रदेशको जनकपुरमा चैत्र २५ गते सहमहामन्त्री फरमसल्लाह मन्सुरको संयोजकत्वमा कार्यक्रम हुनेछ ।
यसैगरी बागमती प्रदेशको हेटौंडामा वैशाख ७ गते सहमहामन्त्री बहादुर सिंह लामाको संयोजकत्वमा, लुम्बिनी प्रदेशको दाङमा चैत्र २९ गते सहमहामन्त्री योगेन्द्र चौधरीको संयोजकत्वमा, कर्णाली प्रदेशको सुर्खेतमा वैशाख ३ गते सहमहामन्त्री कर्णबहादुर बुढाको संयोजकत्वमा र सुदूरपश्चिम प्रदेशको कैलालीमा वैशाख ५ गते सहमहामन्त्री प्रकाश रसाइली स्नेहीको संयोजकत्वमा कार्यक्रम गर्ने महामन्त्री पौडेलको विज्ञप्तिमा उल्लेख छ ।
गण्डकी प्रदेशको पोखरामा भने चैत्र २७ गते प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा कार्यक्रम हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानोभेरी नदीमा अस्पतालका सुरक्षा गार्ड मृत फेला
-
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण