बजेट लेखन थालिँदै
सारांश
- अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि मार्गदर्शन तयार पारेको छ।
- जेठ १५ मा बजेट पेश गर्नुपर्ने संवैधानिक दायित्व अनुसार बजेट लेखनको तयारी भइरहेको छ।
- बजेटले आर्थिक अनुशासन र खर्चमा मितव्ययितालाई जोड दिनेछ र मन्त्रालयहरूलाई सोही अनुसार बजेट प्रस्ताव गर्न भनिएको छ।
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ ।
जेठ १५ मा संसदमा बजेट ल्याउनुपर्ने सरकारलाई संवैधानिक दायित्व छ । सोहीअनुसार अर्थ मन्त्रालयले बजेट मार्गदशन तयार पारेको हो । बजेट मार्गदशन तयार पारेर सबै मन्त्रालयलाई पठाइसकिएको अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले बताए । उनका अनुसार आगामी आर्थिक वर्षका लागि तयार पारिएको बजेट मार्गदशनमा खासगरी बजेटले लिने प्राथमिकता समेटिएको छ ।
आगामी वर्षको बजेट खासगरी आर्थिक अनुशासन र खर्चमा मितव्ययीतालाई उच्च प्राथमिकता दिर्दै जेठ १५ मै ल्याउनका लागि लेखनको तयारी थालिएको सहसचिव पाण्डेले बताए ।
उनकाअनुसार अनुशासित र खर्च मितव्ययितालाई बजेटले जोड दिनका लागि सम्बन्धित सबै मन्त्रालयहरूलाई सतर्क र संवेदनशील हुन अर्थ मन्त्रालयले भनिसकेको छ । मन्त्रालयहरूले आयोजनाहरूमा बजेट प्रश्ताव गर्दा तयारी पूरा भएका आयोजना, तत्काल ठेक्का पट्टामा जान सकिने आयोजनाहरू र प्रोजेक्ट बैंकहरूमा सूचीकृत भइसकेका आयोजनाहरूलाई मात्र बजेट प्रस्ताव गर्नुपर्ने गरी मार्गदर्शन मन्त्रालयहरूलाई पठाइसकिएको सहसचिव पाण्डेयले बताए ।
मन्त्रालयलकाअनुसार योजना आयोगका उपाध्यक्ष नेतृत्वको स्रोत अनुमान समितिले बजेट सिलिङ पठाइसकेको छ । स्रोत अनुमान समितिले विभिन्न विश्लेषण गरी स्रोत अनुमान प्रतिवेदन पेश गरिसकेको र सोहीअनुसार बजेट लेखनको काम अघि बढ्न लागेको हो ।
खासगरी राजश्व र वैदेशिक सहयोगको आकलनका आधारमा स्रोत निर्धारण गरिने गरिएको र मन्त्रालयहरूलाई सोहीअनुसार बजेट सिलिङ पठाइसकिएको सहसचिव पाण्डेयले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड
-
वाणिज्य बैंकमा सुन धितो राखेकाहरूले गरे प्रदर्शन
-
बागमतीको बजेटः स्थानीय तहलाई नगदभन्दा ‘प्रोजेक्ट’ मा जोड
-
नेपालले भारत र चीनसँगको सम्बन्धलाई आर्थिक समृद्धिमा बदल्नुपर्छ : अर्थशास्त्री ओली
-
स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न
-
रास्वपाका दुई महामन्त्री पदमा आकांक्षीको लर्काे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण