नेपाल टेलिकमको थ्रीजी सेवा बन्द हुँदै, निःशुल्क फोरजी सिम लिन आग्रह
सारांश
- नेपाल टेलिकमले छिट्टै थ्रीजी सेवा बन्द गर्ने भएको छ र फोरजीमा स्तरोन्नति गर्दैछ।
- ग्राहकहरूलाई निःशुल्क फोरजी सिम लिन र सिम परिवर्तन गर्न एसएमएस र कल मार्फत जानकारी गराइँदैछ।
- ग्राहकले आधिकारिक परिचयपत्र देखाएर नजिकैको कार्यालयबाट सिम परिवर्तन गर्न सक्नेछन् र फोरजीको उत्कृष्ट सेवा लिन सक्नेछन्।
काठमाडौं । नेपाल टेलिकमले निकट भविष्यमै आफ्नो थ्रीजी सेवा बन्द गर्ने भएको छ। टेलिकमले थ्रीजी प्रविधिलाई फोरजीमा रूपान्तरण गर्ने कार्य अघि बढाउँदै आफ्ना ग्राहकलाई निःशुल्क फोरजी सिम लिन आग्रह गरेको छ।
टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरद्वारा जारी विज्ञप्तिअनुसार थ्रीजी सिम प्रयोगकर्ताहरूलाई भ्वाइस कल तथा एसएमएसमार्फत सिम परिवर्तन गर्न जानकारी गराउन थालिएको छ। ग्राहकले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी वा सवारी चालक अनुमतिपत्रजस्ता आधिकारिक परिचयपत्र लिएर नजिकको दूरसञ्चार कार्यालयबाट आफ्नो पुरानो सिमलाई फोरजीमा निःशुल्क बदल्न सक्नेछन्।
थ्रीजीको तुलनामा फोरजी प्रविधिमा मोबाइल इन्टरनेटको गति र सेवाको गुणस्तर उत्कृष्ट हुने भएकाले यसबाट ग्राहकलाई फाइदा पुग्ने कम्पनीको विश्वास छ।
आफ्नो सिम फोरजी हो वा होइन भनेर थाहा पाउन र उच्च गुणस्तरको भोल्टी सेवा सक्रिय गर्न मोबाइलबाट *444# डायल गर्न सकिने टेलिकमले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक किन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण