कांग्रेस सांसद केसी र एमाले सांसद अर्यालविरुद्धकाे रिटमा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका अर्जुननरसिंह केसी र एमालेकी पद्मा अर्याललाई सांसदको हैसियतमा काम गर्न नदिन माग गर्दै दायर भएको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।
अदालतले दुवै जनालाई सांसदको हैसियतमा काम नगराउन माग गरेकोमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । साथै रिटलाई अग्राधिकारमा राखेर सुनुवाइ गर्न आदेश दिएको छ ।
रिट निवेदक खजान्ती महतोले दायर गरेको रिटमा बुधबार सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले समानुपातिक सांसदमा दुई जनालाई निर्वाचित गराउनुको कारण पेश गर्न संघिय ससद सचिवालय, निर्वाचन आयोगलगायतको नाममा आदेश दिएको हो ।
रिट निवेदक महतोले खस आर्य कलष्टरबाट पटक-पटक पदको लाभ लिएको भन्दै केसी र अर्यालविरुद्ध रिट दिएका थिए । महतोले दुई जनाले पटक- पटक मन्त्री पदको लाभ लिइसकेको र समानुपातिक प्रणालीको धज्जी उडाएको भन्दै सांसदको हैषियतमा काम नगराउन माग गर्दै अन्तरिम आदेश माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
-
टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
-
दिउँसो २ बजेदेखि रास्वपाको बन्दसत्र सुरु गर्ने निर्णय, यस्तो छ कार्यतालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण