दासढुंगामा रोकेर राखेको ट्याङ्करसँग बस ठोक्कियो, १३ जना घाइते
बुधबार, १८ चैत २०८२, १७ : ०१
सारांश
- चितवनको दासढुंगामा रोकेर राखेको तेल ट्यांकरमा बस ठोक्कियो।
- दुर्घटनामा १३ जना घाइते भएका छन्, जसमा एक जनाको अवस्था गम्भीर छ।
- घाइतेहरूको नेशनल सिटी अस्पताल र नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित दासढुंगामा रोकेर राखेको तेल ट्याङ्करमा बस ठोक्किएको छ । ना.६ ख. ७०३६ नम्बरको बसले सडकमा रोकेर राखेको ना.४ ख.२५०३ नम्बरको तेल ट्याङ्करलाई ठक्कर दिएको हो ।
दुर्घटनामा १३ जना घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी डिल्लीनारायण पाण्डेले रातोपाटीलाई बताए ।
दुर्घटनामा परेका एक जना घाइतेको अवस्था गम्भीर छ । बस वीरगन्ज बाट काठमाडौँ आउँदै थियो । घाइतेहरूको नेशनल सिटी अस्पताल र नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण