सर्लाहीको रामवनमा दुई किशोरी मृतावस्थामा फेला
बुधबार, १८ चैत २०८२, २० : २८
सारांश
- सर्लाहीको गोडैतामा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्।
- मृत्यु हुनेमा सङिता कुमारी र नगिना कुमारी दास रहेका छन्।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र मुचुल्का उठाउने काम भइरहेको छ।
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी अन्दाजी १५ वर्षीया छोरी सङिता कुमारी र उनका दाजु इन्द्रजित दासकी अन्दाजी १७ वर्षीया छोरी नगिना कुमारी दास मृत अवस्थामा फेला परेका हुन् ।
दुवै जना आँपको रुखमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने कार्य गरिरहेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण