युद्ध अन्त्य गर्ने ट्रम्पको भनाइप्रति इजरायलको रणनीति के हुनेछ ?
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुने संकेत दिएका छन्।
- विश्लेषकहरूले ट्रम्पको भनाइ इरानमा स्थल आक्रमणको रणनीतिक चाल हुनसक्ने बताएका छन्।
- इजरायली प्रधानमन्त्री नेतान्याहूले खाडी देशहरूसँग नयाँ रक्षा सम्झौताको सम्भावना रहेको बताए।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुन सक्ने सङ्केत दिएका छन् । तर केही विश्लेषकहरूले डोनाल्ड ट्रम्पको भनाइ इरानलाई स्थल आक्रमण गर्नुअघिको रणनीतिक चाल हुनसक्ने बताएका छन् ।
तर अहिले आम धारणा के छ भने अमेरिका चाँडै युद्धबाट बाहिर निस्कन सक्छ र इजरायलले नचाहे पनि यसको लागि तयार हुनुपर्छ।
पछिल्ला दिन अमेरिकाको आक्रमणबाट धेरै प्रमुख इरानी नेताहरू मारिएका छन् र इरानको सैन्य क्षमतामा गम्भीर क्षति पुगेको छ । त्यसैले इरानले आफूलाई पुनः बलियो बनाउने प्रयास भने गर्ने सम्भावना छ र फेरि एक पटक इजरायल र यसका अरब छिमेकीहरूका लागि चुनौती खडा गरिदिन सक्छ ।
इजरायली अधिकारीहरूले भने युद्ध समाप्त भएपछि पनि इरानमा रणनीतिक आक्रमण जारी राख्न सक्ने सङ्केत दिएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने आक्रमणको सामना गरेका खाडी देशहरूसँग नयाँ रक्षा सम्झौताको सम्भावना रहेको बताएका छन् । हाल, इजरायलले खाडी क्षेत्रमा संयुक्त अरब इमिरेट्स र बहराइनसँग मात्र सम्बन्ध सामान्य बनाएको छ।
मंगलबार आफ्नो सम्बोधनमा नेतान्याहूले भने, ‘इजरायलले ‘साझा इरानी खतरा’ विरुद्ध यो क्षेत्रका प्रमुख देशहरूसँग नयाँ गठबन्धन निर्माण गरिरहेको छ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी सैन्य अभियान चाँडै समाप्त हुने र आगामी दुईदेखि तीन हप्ताभित्रै अमेरिकी सेना त्यहाँबाट बाहिरिने घोषणा गरेका थिए । ह्वाइट हाउसको ओभल अफिसमा बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरानमाथि गरिएका हवाई आक्रमण र सैन्य कारबाहीको उद्देश्य पूरा भएको दाबी समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा २४ जनाको उम्मेदवारी
-
कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत
-
कांग्रेस विवाद : महामन्त्री घिमिरेले भेटे खड्का र सिटौला
-
महान्यायाधिवक्ता कँडेल १२ वर्षदेखि नेपाल र बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेस गर्न आदेश
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
-
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण