प्रदूषण जाँच गर्दा झण्डै आधा संख्या मापदण्ड विपरित
सारांश
- थानकोट सडक खण्डमा प्रदूषण जाँच गर्दा मापदण्ड उल्लंघन गर्ने २२ सवारी साधन कारबाहीमा परे।
- वातावरण विभाग र ट्राफिक प्रहरीको संयुक्त टोलीले ५३ सवारी साधनको प्रदूषण जाँच गरेको थियो।
- काठमाडौं उपत्यकाको वायु प्रदूषण बढेपछि निगरानी बढाएको हो।
काठमाडौँ । काठमाडौंको प्रमुख नाका थानकोट सडक खण्डमा गरिएको विशेष प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने २२ वटा सवारी साधन कारबाहीमा परेका छन् । वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले बुधबार दिउँसो सञ्चालन गरेको आकस्मिक चेकिङका क्रममा ती सवारी साधनलाई कारबाही गरिएको हो ।
थानकोट सडक खण्डमा गुडिरहेका कुल ५३ वटा सवारी साधनको प्रदूषण अवस्था परीक्षण गर्दा झण्डै आधा संख्यामा रहेका सवारी साधनले सरकारले तोकेको वातावरणीय मापदण्ड नाघेको पाइएको थियो । प्राविधिक टोलीले मेसिनको सहायताले सवारी साधनको धुवाँ उत्सर्जन क्षमता मापन गरेको थियो । परीक्षणमा अनुतिर्ण भएका २२ वटै सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले नियमानुसार जरिवाना तथा कारबाही गरेको छ ।
पछिल्लो समय काठमाडौं उपत्यकाको वायु प्रदूषणको स्तर घातक बन्दै गएपछि वातावरण विभाग र ट्राफिक प्रहरीले संयुक्त रुपमा सडकमा गुड्ने सवारी साधनमाथि निगरानी बढाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण