स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’सञ्चालन
बिहीबार, १९ चैत २०८२, १० : २८
बैतडी । महामारी तथा विपद्का बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३ स्थित श्रीपुर आधारभूत स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन गरिएको छ ।
केन्द्रका प्रमुख मोहन कलौनीका अनुसार आपत्कालीन अवस्थामा एक किलोमिटरको परिधिमा साइरनको आवाज पुग्नेगरी स्वास्थ्य केन्द्र भवनमा साइरन जडान गरिएको छ ।
अन्य स्थानमा ‘माइकिङ’ गरी सूचना प्रवाह गरिने जनाइएको छ । स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीच समन्वय गर्दै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन केन्द्रले यस्तो व्यवस्था गरेको हो ।
सतर्कता केन्द्र स्थापना भएसँगै स्थानीयलाई सुरक्षा सचेतना बढाउन बल पुगेको तथा समयमा सेवा प्रवाह गर्न राज्यका निकायलाई मद्दत पुग्ने शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
-
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
-
अल्जेरियाको शानदार पुनरागमन, जाेर्डनविरुद्ध २–१ को अग्रता
-
९ वर्षपछि फेरि पलेँटीमा गुन्जँदै गायक विधान श्रेष्ठ
-
युरोपमा अत्यधिक गर्मीका कारण ‘रेड अलर्ट’ जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण