गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
बिहीबार, १९ चैत २०८२, १० : ५९
सारांश
- गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरी दर्शन गरे।
- उनले मन्दिर क्षेत्रको अवलोकन गर्दै देशमा शान्ति, स्थिरता र समृद्धिको कामना गरे।
- गृहमन्त्रीले मन्दिरको सरसफाइ र तीर्थयात्रीको सुविधाबारे जानकारी लिएर सुधारका लागि निर्देशन दिए।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । बिहीबार बिहान पशुपति मन्दिरमा पुगेर गुरुङले विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गरेका हुन् । उनले मन्दिर क्षेत्रको समग्र अवलोकन पनि गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
गृहमन्त्री नियुक्त भएपछि गुरुङ पहिलोपटक पशुपतिनाथ दर्शनका लागि पुगेका हुन् । आज हनुमान जयन्ती पनि हो । हनुमान जयन्ती हिन्दु धर्मावलम्बीहरूले महत्त्वपूर्ण पर्वका रूपमा मनाउँछन् ।
दर्शनपश्चात् गृहमन्त्री गुरुङले देशमा शान्ति, स्थिरता र समृद्धिको कामना गरेको बताए । उनले मन्दिर क्षेत्रको सरसफाइ, व्यवस्थापन तथा तीर्थयात्रीहरूको सुविधाका विषयमा सम्बन्धित निकायसँग जानकारी लिँदै आवश्यक सुधारका लागि निर्देशनसमेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण