इरानी सर्वोच्च नेता खमेनीद्वारा पूर्वाधार पुन:स्थापनाका लागि राष्ट्रिय अभियानको आह्वान
तेहरान । इरानका सर्वोच्च नेता मोज्ताबा खमेनीले अमेरिकी आक्रमणका कारण भएको विनाशलाई सम्बोधन गर्न प्रेरित गर्दै मुलुकको पूर्वाधार पुन:स्थापना गर्न राष्ट्रव्यापी अभियानको आह्वान गरेका छन् ।
इस्लामिक गणतन्त्र दिवस र राष्ट्रिय प्रकृति दिवस मनाउन बुधबार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् । देशमा द्वन्द्व पछि निरन्तर समृद्धि सुनिश्चित गर्न सयुक्त प्रयासमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिएका छन् ।
मिडियाका अनुसार स्वर्गीय अयातुल्ला अली खामेनीका सुपुत्र मोजताबाले युद्वले यहाँका मानिसहरुमा मात्र प्रभाव नगरि धेरै क्षेत्रलाई लक्षित गरेको उल्लेख गरेका छन् । उनले अमेरिकी आक्रमणको निन्दा गर्दै यस्तो समयमा राष्ट्र आन्तरिक विकासमा केन्द्रित रहनुपर्ने बताएका छन् ।
जनताको समर्थनलाई आत्मसात गर्दै उनले पछिल्लो समयमा राष्ट्रले स्थिरता र गरिमाको भावना कायम राखेको बताएका सञ्चारमाध्यामहरुले जनाएका छन् ।
सम्बोधन फेब्रुअरी– २८ मा भएको अमेरिकी आक्रमणका क्रममा ज्यान गुमाउनेहरूप्रति समर्पित गरिएको मिडियाले रिपोर्ट गरेका छन् । यसैबिच उनले मिनाबको विद्यालयमा भएको आक्रमणलाई विर्सिन नसकेको बताएका छन् । जसको परिणामस्वरूप १८६ जना विद्यार्थीको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण