मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वन उपभोक्ता समितिका अध्यक्ष दानीसमेत ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा

बिहीबार, १९ चैत २०८२, १५ : ०२
बिहीबार, १९ चैत २०८२

सारांश

  • अख्तियारले सुर्खेतको चौकुने गाउँपालिकाका ५ जनाविरुद्ध सार्वजनिक सम्पत्तिमा हानि पुर्‍याएको आरोपमा मुद्दा दायर गरेको छ।
  • मुद्दा दायर हुनेमा उपभोक्ता समितिका अध्यक्ष अमर बहादुर दानी, कोषाध्यक्ष सावित्रा अधिकारी लगायत छन्।
  • उनीहरूले आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्मको अवधिमा नक्कली बिल बनाएर रकम हिनामिना गरेको आरोप छ।

काठमाडौँ । सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित मालिका वन उपभोक्ता समितिका अध्यक्ष अमर बहादुर दानीसमेत ५ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी पु¥याइ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार दानीसमेत ५ जनाविरुद्ध विशेष अदालतलमा आरोपपत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उपभोक्ता समितिका अध्यक्ष दानीसहित कोषाध्यक्ष सावित्रा अधिकारी, सचिव तेजेन्द्र बहादुर वयक क्षेत्री, सामुदायिक वन उपभोक्ता समूहका सदस्य हरिप्रसाद अधिकारी र दर्तावाल लेखा परीक्षक ज्ञानेन्द्रबहादुर केसीविरुद्ध मुद्दा दायर भएको हो ।

दानी, अधिकारी र क्षेत्रीविरुद्ध १२ लाख १८ हजार ५१२ रुपैयाँ बिगो दाबी गरिएको छ भने अधिकारीविरुद्ध दुई लाख ८५ हजार बिगो दाबी गरिएको छ ।

आयोगका प्रवक्ता न्यौपानेका अनुसार आपसी मिलेमतोमा निजहरूले आर्थिक वर्ष २०७०÷०७१ देखि २०७५÷०७६ सम्मको लेखा परीक्षण प्रतिवेदन आम्दानी र खर्चको विवरणबाट कार्ययोजना नबनाइ उपभोक्ता समितिको निर्णय विना बिल नहुँदासमेत सडक निर्माण कार्यमा खर्च गरेको भनी नक्कली भुक्तानी गरेको देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप