अदालत
ओली र लेखकलाई म्याद थप्न भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइयो
बिहीबार, १९ चैत २०८२, १७ : ०८
सारांश
- पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई म्याद थप गर्न भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइएको छ।
- जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार काठमाडौँ जिल्ला अदालतमा उनीहरूको म्याद थपबारे बहस भइरहेको छ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई म्याद थप गर्न अदालतमा उपस्थित गराइएको छ । उनीहरूलाई प्रहरीले भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराएको हो ।
दुवै जनालाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासमा म्याद थपबारे बहस भइरहेको छ ।
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शन दमन गरेको कसुरमा उनीहरूलाई प्रहरीले चैत १४ मा पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोइला–ग्यास निर्यातले मानवअधिकार उल्लङ्घन गरेको भन्दै अष्ट्रेलियाविरुद्ध संयुक्त राष्ट्रसंघमा मुद्दा
-
होटलमा भेट भएकासँग ट्याटु खोप्ने विषयमा विवाद हुँदा हत्या
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण