प्रमुख सचेतक र सचेतक बन्न रास्वपाले सांसदहरूलाई लगायो फारम भर्न
काठमाडौँ । रास्वपाको प्रमुख सचेतक, सचेतक र संसदको विषयगत समितिको सभापति बन्न इच्छुक सांसदहरूलाई फारम भर्न लगाइएको छ ।
बिहीबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले इच्छुक सांसदहरूलाई फारम भर्न लगाइएको एक सांसदले जानकारी दिए । दल र समितिको पदाधिकारी छन्ने जिम्मा पार्टीलाई दिएको छ ।
'आजको बैठकमा उपसभापति डिपी अर्याललाई सभमुखको उम्मेदवार बनाउने निर्णय भयो । अन्य विषयमा प्रवेश नै गरेन । प्रमुख सचेतक, सचेतक, संसदको विषयगत समितिमा इच्छुकहरूलाई फारम भर्न लगाइयो । कस्लाई कुन पदको जिम्मेवारी दिने अधिकार पार्टीलाई दिएको छ । आइतबारसम्म निर्णय होला,' ती सांददले भने ।
रास्वपाको विधान अनुसार एक दलको नेता, एक उपनेता, प्रमुख सचेतक, सचेतक र कोषाध्यक्ष रहने व्यवस्था छ । प्रतिनिधि सभामा १० वटा समिति र दुई वटा संयुक्त समिति रहने संवैधानिक व्यवस्था छ ।
सार्वजनिक लेखा समिति प्रतीक्ष दललाई दिने विगतको अभ्यास छ । फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले १८२ सिट जितेको थियो । अहिले सरकारको नेतृत्व वरिष्ठ नेता बालेन शाहले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण