ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाए
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन्।
- बोन्डीको स्थानमा ट्रम्पले टोड ब्लान्चलाई नियुक्त गर्ने घोषणा गरेका छन्।
- बोन्डीले निजी क्षेत्रमा गए पनि ट्रम्प प्रशासनका लागि काम जारी राख्ने बताएकी छिन्।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन् । उनी ट्रम्प प्रशासनकी नजिककी सहयोगी र प्रखर समर्थकका रूपमा चिनिन्थिन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘टु«थ सोसल’ मा पोस्ट गर्दै बोन्डीको प्रशंसा गरेका छन् र उनी अब निजी क्षेत्रतर्फ ‘ट्रान्जिसन’ हुने बताएका छन् । यद्यपि उनको नयाँ भूमिका के हुनेछ भन्नेबारे अहिलेसम्म खुलाइएको छैन ।
न्याय मन्त्रालयको नेतृत्व सम्हाल्ने क्रममा बोन्डीको कार्यकाल धेरैजसो जेफ्री एपस्टिनसँग सम्बन्धित फाइल सार्वजनिक गर्ने विषय र सोसँग जोडिएको अनुसन्धानले छायामा परेको थियो । एपस्टिन एक दोषी ठहर भएका यौन अपराधी थिए, जसको प्रकरणले अमेरिकी राजनीतिमा व्यापक चर्चा पाएको थियो ।
हालैका हप्ताहरूमा ट्रम्प प्रशासनबाट हटाइने उनी दोस्रो उच्च अधिकारी हुन् । यसअघि मार्च महिनामा क्रिस्टी नोएमलाई गृह सुरक्षा प्रमुख पदबाट हटाइएको थियो । बोन्डीको स्थानमा उनका पूर्वअधिकारी टोड ब्लान्चलाई नियुक्त गरिने बताइएको छ ।
आफ्नो जिम्मेवारी ब्लान्चलाई हस्तान्तरण गर्न अथक प्रयास गर्ने बताउँदै बोन्डीले यो पद आफ्नो जीवनको ठुलो सम्मान भएको उल्लेख गरेकी छिन् । निजी क्षेत्रमा गएपछि पनि आफूले ट्रम्प र उनको प्रशासनका लागि काम जारी राख्ने बताएकी छिन् ।
कंग्रेसमा भएको एक तनावपूर्ण सुनुवाइमा बोन्डीले सांसदहरूको कडा प्रश्नहरूको सामना गर्नुपरेको २ महिनापछि यो घोषणा आएको हो । सो सुनुवाइको क्रममा विवादास्पद बहससमेत भएको थियो ।
रोचक कुरा के छ भने बिहीबार बिहान मात्रै ट्रम्पले बोन्डीको प्रशंसा गर्दै ‘उनले राम्रो काम गरिरहेकी छिन्’ भनेका थिए । तर केही घण्टापछि नै उनले बोन्डीलाई पदबाट निकालिएको घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण