बिहानीको ‘सर्प्राइज मापसे चेकिङ’ मा ९ जना चालक फन्दामा
सारांश
- काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले गरेको बिहानीको आकस्मिक मापसे चेकिङमा ९ जना सवारी चालक कारबाहीमा परेका छन्।
- कारबाहीमा पर्नेहरूमा मुख्यतया भाडाका बस, हाईस, माइक्रो र सुमोका चालकहरू रहेका छन्।
- प्रहरीले सार्वजनिक सवारी साधनका चालकहरूले मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढेको भन्दै यात्रुहरूलाई सचेत रहन आग्रह गरेको छ।
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान अन्तर्गत शनिबार बिहान गरिएको ‘सर्प्राइज चेकिङ’ का क्रममा ९ जना सवारी चालक कारबाहीमा परेका छन्। बिहानको समयमा कसैले मापसे नगर्ने अनुमान गरिए पनि प्रहरीले गरेको आकस्मिक जाँचमा यात्रुवाहक सवारी साधनका चालकहरू नै मादक पदार्थ सेवन गरी सवारी चलाइरहेको अवस्थामा फेला परेका हुन्।
बिहान गरिएको उक्त जाँचका क्रममा कारबाहीमा पर्नेहरूमा सबैभन्दा बढी भाडाका बस र हाईसका चालक रहेका छन्। ट्राफिक प्रहरीका अनुसार ३ वटा भाडा बस, ३ वटा हाईस, २ वटा माइक्रो र एउटा सुमोका चालकलाई मापसे गरी सवारी चलाएको अभियोगमा नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
धेरै यात्रु बोक्ने र लामो दूरीमा चल्ने यस्ता संवेदनशील सवारी साधनका चालकहरूले नै नियमको धज्जी उडाउँदै मादक पदार्थ सेवन गर्नुले ठुलो दुर्घटनाको जोखिम निम्त्याएको प्रहरीको ठहर छ।
नियम विपरीत र दण्डनीय यस्ता कार्यलाई निरुत्साहित गर्न प्रहरीले यात्रुहरूलाई समेत सचेत रहन आग्रह गरेको छ। यदि आफू सवार सवारी साधनका चालकले मादक पदार्थ वा लागूपदार्थ सेवन गरेको थोरै मात्र शङ्का लागेमा पनि तुरुन्तै नजिकैको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण