‘आलु एक, परिकार अनेक’ : १४औँ हेमजा आलु महोत्सवको तयारी तीव्र
सारांश
- पोखराको हेमजामा यही चैत २७ देखि वैशाख ५ गतेसम्म १४औँ राष्ट्रिय हेमजा आलु महोत्सव सञ्चालन हुने भएको छ।
- महोत्सवलाई भव्य बनाउन विष्णुपादुका क्लबले तयारीका कामहरूलाई तीव्र पारेको छ।
- यस महोत्सवको मुख्य उद्देश्य हेमजाको आलु र कृषि पर्यटनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्नु रहेको छ।
पोखरा । पोखराको हेमजामा यही चैत २७ देखि आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुने १४औँ संस्करणको ‘राष्ट्रिय हेमजा आलु महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको छ। आयोजक विष्णुपादुका क्लबले महोत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न तयारीका कामहरू तीव्र पारेको हो।
क्लबले शनिबार महोत्सव मूल आयोजक समितिका संयोजक वसन्तकुमार श्रेष्ठको अध्यक्षतामा विशेष भेला गरेर हालसम्मको कार्य प्रगतिको समीक्षा गरेको छ। भेलामा विभिन्न उपसमितिका संयोजकहरूले आफ्नो कार्यसम्पादनको रिपोर्ट प्रस्तुत गरेका थिए।
महोत्सव आयोजनाका लागि हरेक क्षेत्रबाट सकारात्मक साथ र सद्भाव प्राप्त भइरहेको आयोजकको निष्कर्ष छ। महोत्सवबारे विस्तृत जानकारी दिन आगामी चैत २३ गते दिउँसो १ बजे विष्णुपादुका खेलमैदानस्थित क्लबको भवनमा पत्रकार सम्मेलन गरिने भएको छ।
महोत्सव मूल आयोजक समितिका संयोजक तथा क्लबका अध्यक्ष श्रेष्ठले हेमजाको आलु महोत्सव अब पोखराको मात्र नभएर देशकै ब्रान्ड बनिसकेको दाबी गरे। कृषकलाई सीधै प्रोत्साहन गर्ने मुख्य लक्ष्य राखिएको यस महोत्सवमार्फत हेमजामा उत्पादित आलु र ताजा तरकारीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरिने उनले बताए। हेमजालाई व्यावसायिक कृषि पर्यटन क्षेत्रका रूपमा चिनाउने,बहुउद्देश्यीय क्लब भवन निर्माणलाई पूर्णता दिने र तरकारी सङ्कलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ। भेलामा क्लबका पूर्वअध्यक्ष रमेश कार्की र निवर्तमान अध्यक्ष सुबिन श्रेष्ठले विगतका कमीकमजोरीलाई सुधार्दै यसपटकको महोत्सवमा थप नयाँपन झल्काउनुपर्नेमा जोड दिए।
यस वर्ष ‘सुन्दर ठाउँ हेमजा जाऊँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन हुँदै छ। महोत्सवमा आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुको पहाड निर्माण र आलुका विभिन्न स्वादिष्ट परिकारहरू मुख्य आकर्षणका रूपमा रहनेछन्।
यसका अलावा महोत्सवमा आउने कृषकहरूलाई लक्षित गरी माटो तथा बोटबिरुवा परीक्षण र रोग निदानको विशेष व्यवस्थासमेत मिलाइने आयोजकले जनाएको छ। त्यस्तै, महोत्सव अवधिभर कृषि झाँकी प्रतियोगिता, उत्कृष्ट कृषकलाई सम्मान, बीउ बिजन तथा कृषि यन्त्रको प्रदर्शनीका साथै चर्चित कलाकारहरूको साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुतिले दर्शकलाई थप मनोरञ्जन प्रदान गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साँट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण