ध्रुव जुरेल चम्किँदा राजस्थान रोयल्स ६ रनले विजयी
सारांश
- इण्डियन प्रिमियर लिगको नवौँ खेलमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ६ रनले पराजित गरेको छ।
- राजस्थानका ध्रुव जुरेलले ७५ रनको विस्फोटक पारि खेल्दा बलिङतर्फ रवि बिश्नोईले ४ विकेट लिएका छन्।
काठमाडौँ । इन्डियन प्रिमियर लिग २०२६ को नवौँ खेलमा राजस्थान रोयल्सले गुजरात टाइटन्समाथि ६ रनको रोमाञ्चक जित दर्ता गरेको छ । २११ रनको विशाल लक्ष्य पछ्याएको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०४ रन मात्र बनाउन सक्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले आक्रामक सुरुवात गर्दै २० ओभरमा ६ विकेटको क्षतिमा २१० रनको योगफल तयार पारेको थियो । राजस्थानका लागि ध्रुव जुरेलले उत्कृष्ट ब्याटिङ गर्दै मात्र ४२ बलमा ७५ रनको विस्फोटक पारि खेले । त्यस्तै, प्रारम्भिक ब्याट्सम्यान यशस्वी जैसवालले ३६ बलमा ५५ रन जोडे भने वैभव सूर्यवंशीले १८ बलमा ३१ रनको योगदान दिए।
गुजरातका लागि बलिङतर्फ कागिसो रबाडाले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए। अशोक शर्मा र राशिद खानले समान १–१ विकेट हात पारे ।
२११ रनको विशाल लक्ष्य पछ्याएको गुजरातका लागि साई सुदर्शनले ४४ बलमा ७३ रनको उत्कृष्ट पारि खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । ओपनर जस बटलरले १४ बलमा २८ रन र राशिद खानले १६ बलमा २४ रन जोडे। अन्य ब्याट्सम्यानहरूले अपेक्षित प्रदर्शन गर्न नसक्दा गुजरात लक्ष्यभन्दा ६ रनले पछि पर्यो ।
यो जितसँगै राजस्थान रोयल्सले अंक तालिकामा महत्त्वपूर्ण दुई अङ्क जोड्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिइ सडक पेटीबाट हटाइएको भन्दै दृष्टिविहीनहरूको विराेध प्रदर्शन (तस्बिरहरू)
-
अमेरिकी संसदमा पहिलो पटक युद्ध अधिकारसम्बन्धी प्रस्ताव पारित
-
पूर्वमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरणमा किन पक्राउ गरियो ?
-
सेरोफ्लो रोटाक्याप नामक नक्कली औषधि छ्यापछ्याप्ती, सचेत रहन आग्रह
-
हुम्लामा जिप दुर्घटना, ४ जना घाइते
-
प्रतिष्ठानमा एक महिनामा १ सय ४९ महिलाले पाए निःशुल्क प्रसूति सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण