गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
सारांश
- प्रहरीले गुण्डागर्दीमा संलग्न सानुभाइ भनिने युवराज गुरुङसहित १८ जनालाई पक्राउ गरेको छ ।
- जिल्ला प्रहरी परिसर काठमाडौँले सानुभाइलाई सामाखुसी क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
काठमाडौँ । गुण्डागर्दीमा संलग्न सानुभाइ भनिने युवराज गुरुङसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सानुभाइलाई गएराति सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए ।
प्रहरीले शुक्रवार रातिदेखि काठमाडौँमा गुण्डागर्दीबिरुद्ध अपरेशस सञ्चालन गरेको छ । शुक्रवार राति प्रहरीले १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखा स्थित सुर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ यसअघि पनि पटक पटक पक्राउ गरेर छुटेका थिए ।
सानुभाइ कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् । कुमार ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए । ‘घैँटे’लाई प्रहरीले इन्काउन्टर गरेपछि बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्न थालेका सानुभाइ अहिले आठौँ पटक पक्राउ परेका हुन् । अहिले उनी जेलमा रहेका समिरमान सिंह बस्नेत निकट मानिन्छन् ।
२०७२ मा नुवाकोटमा हतियार सहित पक्राउ पर्दा उनी बुलेटप्रुफ ज्याकेटमा भेटिएका थिए । २०७२ पुसमा प्रहरीले उनलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनओसी अवार्ड : करातेकी एरिका र उसुका विजय वर्ष उत्कृष्ट खेलाडी
-
सरकार एमालेप्रति पूर्वाग्रही बन्यो : भट्ट
-
तीन दिन कोशी, बागमती र गण्डकीका स-साना नदीमा बहाव बढ्ने
-
पाकिस्तानकी चर्चित मानवअधिकार अभियन्ता महरंग बलोचलाई आजीवन कारावास
-
वैदेशिक रोजगार : सरकारी नीतिकै मार, श्रमिकमाथि थपिँदो आर्थिक भार
-
बुधबार कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण