भक्तपुरका विभिन्न स्थानबाट जुवातास खेलिरहेका १९ जना पक्राउ
आइतबार, २२ चैत २०८२, १२ : ३३
सारांश
- भक्तपुरका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा १९ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
- प्रहरीले जुवाको खालबाट ७१ हजार ४ सय ५५ रुपैयाँ नगद र १० बुक तास बरामद गरेको छ।
- पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भक्तपुर । भक्तपुरका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त जगातीबाट खटिएको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा गरिएको छापाका क्रममा जुवाको खालबाट नगद ७१ हजार ४ सय ५५ रुपैयाँ र १० बुक तास समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (प्रनाउ) प्रकाश जवेगूका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ । प्रहरीले जुवातास विरुद्धको अभियानलाई कडाइका साथ अघि बढाएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
-
इजलासमा वरिष्ठ अधिवक्ता काेइरालाकाे प्रश्न : व्यक्तिगत अधिकारमाथि धावा बोल्न मिल्छ ?
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण