इरानको ड्रोन आक्रमणबाट घाइते सातै जना नेपाली उपचारपछि फर्किए कार्यक्षेत्र
सारांश
- अबुधाबीमा इरानी ड्रोन आक्रमणबाट घाइते भएका सातै जना नेपाली उपचारपछि निको भएर काममा फर्किएका छन्।
- परराष्ट्र मन्त्रालयका अनुसार सबै घाइतेको स्वास्थ्य अवस्था सामान्य भई उनीहरू नियमित कार्यक्षेत्रमा खटिएका हुन्।
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वको प्रभाव वैदेशिक रोजगारीका लागि गएका नेपाली नागरिकमा पनि पर्न थालेको छ । अबुधाबीमा रहेका सात जना नेपाली इरानी ड्रोन आक्रमणबाट घाइते भएका थिए ।
सातै जना उपचारपछि स्वस्थ्य भएर आ–आफ्नो काममा फर्किसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अबुधाबीको अवजान क्षेत्रमा गत शुक्रबार इरानी ड्रोन आक्रमण हुँदा सात जना नेपाली घाइते भएका थिए ।
उनीहरू स्वास्थ्यलाभ गरी आ–आफ्नो कार्यक्षेत्रमा फर्किसकेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए ।
सात जनामध्ये ६ जना शनिबार नै उपचार पूरा भई आफ्नो कार्यक्षेत्रमा फर्किसकेका थिए भने बाँकी एक जना आइतबार डिस्चार्ज भएर घर फर्केको उनको भनाइ छ । पछिल्लो समय कुनै पनि नेपाली घाइते अवस्थामा नरहेको बताउँदै उनले मन्त्रालयले अरु ठाउँमा पनि बुझ्ने काम गरिरहेको जानकारी दिए ।
द्वन्द्वरत देशका नेपाली दूतावासका कर्मचारीहरू त्यहाँका नेपालीहरूको सम्पर्कमा रहेको क्षेत्रीले बताए । अस्पतालबाट डिस्चार्ज भएकामध्ये चार जनालाई हिजो अवुधावीस्थित नेपाली दूतावासका अधिकारीहरूले भेटघाट गरेका थिए । अरु चार जनालाई पनि चाँडै भेटेर उनीहरूको बारेमा जानकारी लिने क्षेत्रीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण