सम्पत्ति शुद्धीकरणको कारबाहीले आत्तिए लगानीकर्ता, १०० अङ्कभन्दा बढीले घट्यो सेयर बजार
सारांश
- नेपाल स्टक एक्सचेन्ज परिसूचक आइतबार १०५.५० अङ्कले घटेर २६७६.६८ विन्दुमा पुगेको छ।
- सरकारले व्यवसायीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएपछि लगानीकर्तामा त्रास फैलिएको छ।
- बजारमा १२ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार हुँदा २६१ कम्पनीको मूल्य घटेको छ।
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ठुलो पहिरो गएको छ। आज नेप्से परिसूचक १०५.५० अङ्कले घटेर २६७६.६८ विन्दुमा खुम्चिएको छ । यो गिरावटका कारण एकै दिन बजारको १ खर्ब ७९ अर्ब रुपैयाँ सम्पत्ति घटेको छ ।
बजार खुल्ने बित्तिकै सुरु भएको गिरावट अन्तिम समयसम्म कायम रहँदा लगानीकर्ताहरूमा निराशा देखिएको छ। परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
आज दिनभर ३४५ वटा कम्पनीको ३ करोड १२ लाख ६ हजार १६२ कित्ता सेयर कुल १ लाख ४१ हजार ३६ पटक किनबेच हुँदा १२ अर्ब ३८ करोड ९ लाख १४ हजार ५७० रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा बजारको ’ब्रेथ’ निकै कमजोर देखिएको छ। कूल २६१ वटा कम्पनीको सेयर मूल्य ओरालो लाग्दा जम्मा ७ वटा कम्पनीको मूल्य मात्र बढेको छ। कुनै पनि कम्पनीको सेयर मूल्य स्थिर रहेन।
भारी गिरावटको बीचमा पनि केही साना कम्पनीका लगानीकर्ताले भने कमाएका छन्। रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्योदय हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज बजारमा नारायणी विकास बैंक, हिमालयन रिइन्स्योरेन्स कम्पनी, भुगोल इनर्जी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पियोर इनर्जी र सान्भी इनर्जीमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ५८ करोड २५ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। त्यसैगरी शिवम् सिमेन्टको ४५.१७ करोड, ङादी ग्रुप पावरको ४२.०३ करोड र नेशनल हाइड्रोपावरको ३६.७० करोड क्रमशः सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।
कारोबार सुरु भएदेखि नै घटेको बजारले पहिलो ३ घण्टामा १०० अङ्कको करेक्सन लिएको थियो । त्यसपछि केही सुधार आए पनि अन्तिम समयमा बजार थप घटेको हो । सरकारले व्यवसायीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएपछि बजारमा नकारात्मक प्रभाव देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण