पर्यटन बोर्ड र एनआरएनएले सहकार्य गर्ने
सारांश
- गैरआवासीय नेपाली सङ्घ र नेपाल पर्यटन बोर्डबिच पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्ने सहमति भएको छ।
- छलफलमा नेपाल महोत्सव, सांस्कृतिक कार्यक्रम र नेपाल हाउसको अवधारणा प्रस्तुत गरिएको छ।
- सहकार्यको समझदारी पत्र तयार गर्ने जिम्मेवारी नेपाल पर्यटन बोर्डलाई दिइएको छ।
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ एनआरएनए र नेपाल पर्यटन बोर्डबिच सहकार्य हुने भएको छ । एनआरएनए अध्यक्ष डा. हेमराज शर्मा नेतृत्वको टोलीले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सिइओ दीपकराज जोशीसँग भेट गर्दै सहकार्य गर्ने सहमति भएको हो ।
छलफलमा नेपाल र नेपाली पर्यटन प्रवर्द्धन, सांस्कृतिक महोत्सव, र दीर्घकालीन सहकार्यका विषयमा छलफल भएको थियो । यसैगरी पर्यटन प्रवर्द्धन, नेपाल महोत्सव, नेपाल हाउस र आगामी सहकार्यको समझदारी तयार गर्ने विषयमा छलफल भएको एनआरएनएका प्रवक्ता सोम सापकोटाले जानकारी दिए ।
छलफलमा पर्यटन प्रवर्द्धन अन्तर्गत, दोस्रो पुस्तालाई पर्यटन क्षेत्रमा संलग्न गर्ने योजना प्रस्तुत गरिएको थियो । साथै नेपाल महोत्सवमार्फत सांस्कृतिक कार्यक्रम, कला र परम्परागत गतिविधिहरूको आयोजना गर्ने विषयमा छलफल भएको पनि प्रवक्ता सापकोटाले बताए ।
नेपाल हाउसको अवधारणा पनि बैठकमा प्रस्तुत गरिएको थियो । सो अवसरमा सहकार्यको समझदारी एमओयु तयार गर्ने जिम्मेवारी पर्यटन बोर्डलाई नै दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण