अब शनिबार–आइतबार बैंक बिदा, नयाँ कार्यालय समय लागू
सारांश
- नेपाल सरकारको निर्णय अनुसार अबदेखि बैंकहरूमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू भएको छ।
- नयाँ व्यवस्था अनुसार सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ।
- नेपाल राष्ट्र बैंकले बैंकिङ कारोबार समयसम्बन्धी नयाँ तालिका पनि सार्वजनिक गरेको छ।
काठमाडाैँ । सरकारले बिदा सम्बन्धी निर्णय गरेसँगै नेपाल राष्ट्र बैंकले बैंक बिदा तथा कार्यालय समयसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ।
आइतबार बसेकाे मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेकाे थियाे । सोही निर्णयअनुसार नेपाल राष्ट्र बैंकले बैंक बिदा र कार्यालय समय सम्बन्धमा नयाँ व्यवस्था गरेको हो।
जारी सूचनाअनुसार मंगलबार (चैत २३) देखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ। यससँगै कार्यालय समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ।
त्यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म रहनेछ।
बैंकिङ कारोबार समय पनि नयाँ व्यवस्थाअनुसार सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गरिएको छ। कात्तिक १६ देखि माघ १५ गतेसम्म भने बैंकिङ कारोबार समय बिहान ९ बजेदेखि दिउँसाे ३ बजेसम्म रहने नेपाल राष्ट्र बैंकले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
-
रास्वपा महाधिवेशन प्रतिनिधिको नामावलीमा त्रुटि, अझै सुरु भएन बन्दसत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण