बिमितसँग नगद असुल्ने र भेदभाव गर्ने अस्पताललाई कारबाही गर्ने बोर्डको चेतावनी
सारांश
- स्वास्थ्य बीमा बोर्डले बिमितसँग नगद असुल्ने र सेवामा भेदभाव गर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ।
- बीमा प्याकेजभित्रका औषधि बाहिरबाट किन्न लगाउने कार्य नियमावली विपरीत भएको बोर्डले जनाएको छ।
- नियम नमान्ने स्वास्थ्य संस्थासँगको सम्झौता रद्द गरिने बोर्डले स्पष्ट पारेको छ।
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रममा आबद्ध बिमितहरूलाई औषधि खरिदमा नगद तिर्न लगाउने र सेवा प्रवाहमा भेदभाव गर्ने स्वास्थ्य संस्थाहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
बोर्डले सोमबार सूचना जारी गर्दै केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बीमाको प्याकेजभित्रै पर्ने औषधि तथा औषधिजन्य सामग्रीहरू बिमितलाई बाहिरका औषधि पसल वा आफ्नै फार्मेसीबाट नगदमा खरिद गर्न लगाएको व्यापक गुनासो आएको जनाएको छ ।
बोर्डका अनुसार यस्तो कार्य स्वास्थ्य बीमा नियमावली, २०७५ को नियम १९ को उपनियम (१) को खण्ड (क) विपरीत हुने भन्दै यसो गरेको भेटिए कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।
बोर्डले केही अस्पतालहरूले स्वास्थ्य बीमा मार्फत सेवा लिन आउने बिमितहरूलाई अग्रिम समय लिनुपर्ने बाध्यता गराएको र उनीहरू प्रति भेदभावपूर्ण व्यवहार गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्ता गतिविधि नरोकेमा स्वास्थ्य बीमा ऐन, २०७४ को दफा १२ बमोजिम स्वास्थ्य संस्थासँग गरिएको सम्झौता नै रद्द गर्ने चेतावनी बोर्डको छ ।
बोर्डले औषधि र अन्य सेवाहरूको दररेटका सम्बन्धमा पनि निर्देशन दिएको छ । निर्देशनमा यदि कुनै औषधि वा सेवाको अस्पतालको आफ्नै दररेट बीमा सुविधा थैलीमा उल्लेखित दररेट भन्दा कम छ भने अस्पतालले न्यूनतम दरमै दाबी गर्नुपर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण