शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

‘तरङ्ग’को फष्टलुक सार्वजनिक

मङ्गलबार, २४ चैत २०८२, १० : ०४
मङ्गलबार, २४ चैत २०८२

सारांश

  • प्रदीपकुमार चौधरीद्वारा निर्देशित फिल्म 'तरङ्ग'को फष्टलुक सार्वजनिक गरिएको छ।
  • पोस्टरमा मुख्य कलाकार वरुण अधिकारी र रविना केसीको मौन प्रेमभाव देख्न सकिन्छ।

काठमाडौं । प्रदीपकुमार चौधरी निर्देशित फिल्म ‘तरङ्ग’को फष्टलुक सार्वजनिक गरिएको छ । निर्माण कम्पनी देवदत क्रियशनले  फिल्म एक पोष्टर फष्टलुक्सको रुपमा बाहिर ल्याएको हो । पोस्टरमा प्रमुख कलाकारद्वय वरुण अधिकारी र रविना केसी फिचर्ड छन् । पोस्टरमा कलाकारद्वय अधिकारी र केसीको मौन प्रेमभाव देखिन्छ ।

पवलद्यममा वरुण र रविनासँगै बारात लिम्बु, कृष्ण थापा, सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारु, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग र बाल कलाकार प्रन्शु चौधरीको अभिनय छ ।

फिल्मको कथा निर्देशक चौधरीको नै हो  । तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माता रहेको फिल्ममा हरिनारायण चौधरी कार्यकारी निर्माता छन् । महेश पौडेलले छायांकन गरेको ‘तरङ्ग’मा सन्देश शाहको सम्पादन, सम्राट् बस्नेतको द्वन्द्व, मनोज थापा मगर, पवन गिरी र मनोज महतोको संगीत समावेश छ । पाश्र्व ध्वनी सुशील डंगोल र सुदीप श्रेष्ठको छ । निर्माण व्यवस्थापन प्रमुख रिजन परियार हुन् ।

मोरङ, सुनसरी, पाल्पा, रुपन्देही, चितवन र कास्कीमा छायांकन गरिएको फिल्मको प्रदर्शन मिति तय हुन बाँकी छ । यसै साता फिल्मको आधिकारिक रिलिज मिति सार्वजनिक गरेर प्रचार प्रसारमा जुट्ने निर्देशक चौधरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप