ट्रम्पले दिए पत्रकारलाई जेल हाल्ने धम्की
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य सूचना सार्वजनिक गर्ने पत्रकारलाई जेल हाल्ने धम्की दिएका छन्।
- इरानमा खसेको अमेरिकी लडाकु विमानका पाइलटको उद्धार कार्य सूचना चुहावटका कारण जटिल बनेको ट्रम्पको दाबी छ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा खसेको अमेरिकी लडाकु विमानका दुई वायुसेनाका सदस्यको उद्धारसम्बन्धी गोप्य सूचना सार्वजनिक भएको विषयमा एक पत्रकारलाई जेल हाल्ने चेतावनी दिएका छन् । सोमबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले उक्त सूचना चुहाउने व्यक्ति पत्ता लगाउन कडा कदम चालिने बताएका हुन् ।
उनले भने, ‘हामी समाचार सार्वजनिक गर्ने मिडिया कम्पनीकहाँ जानेछौं र भन्नेछौं— राष्ट्रिय सुरक्षाको विषय हो, स्रोत बताऊ, नत्र जेल जानुपर्छ । समाचार लेख्ने व्यक्ति स्रोत नबताए जेल जान्छ ।’
गत शुक्रबार इरानमा खसेको अमेरिकी लडाकु विमानका एक पाइलटको सफल उद्धारपछि दोस्रो पाइलट हराइरहेको समाचार सार्वजनिक भएको थियो । ट्रम्पका अनुसार, यो सूचना सार्वजनिक भएपछि उद्धार कार्य थप जटिल बनेको थियो ।
अमेरिकी अधिकारीहरूका अनुसार, दोस्रो पाइलटलाई आइतबार बिहान उच्च जोखिमयुक्त अपरेसनमार्फत सुरक्षित रूपमा उद्धार गरिएको थियो । सीआईएका निर्देशक जोन रेटक्लिफले उक्त अभियानलाई ‘मरुभूमिमा बालुवाको एक कण खोज्नु जत्तिकै कठिन’ भएको बताएका थिए ।
ट्रम्पले सूचना लिक भएको कारण इरानलाई पनि पाइलटको अवस्थाबारे जानकारी पुगेको र त्यसले उनीहरूको उद्धार प्रयासलाई झन् जोखिमपूर्ण बनाएको दाबी गरेका छन् । ‘अचानक इरानभरि एक पाइलट आफ्नो ज्यान बचाउन सङ्घर्ष गरिरहेको खबर फैलियो,” उनले भने ।
यस घटनापछि ह्वाइट हाउसले औपचारिक रूपमा अनुसन्धान सुरु भएको जनाएको छ । यद्यपि, ट्रम्पले कुन मिडिया संस्थालाई लक्षित गरेका हुन भन्ने स्पष्ट पारेका छैन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
-
रास्वपा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण