हिमाली तथा दुर्गम क्षेत्र विकास प्राधिकरण गठन गर्न माग
सारांश
- नेकपा (एमाले) का सांसद डा. अर्जुनकुमार कार्कीले हिमाली तथा दुर्गम क्षेत्र विकास प्राधिकरण गठन गर्न सरकारसँग माग गरेका छन्।
- उनले हिमाली तथा पहाडी क्षेत्रमा कृषि, पर्यटन र जडीबुटीको विकास गरी रोजगारी सिर्जना गर्न प्राधिकरण आवश्यक रहेको तर्क गरेका छन्।
काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद डा. अर्जुनकुमार कार्कीले 'हिमाली तथा दुर्गम क्षेत्र विकास प्राधिकरण' गठन गर्न सरकारसँग माग गरेका छन् । मंगलबार संघीय संसद् प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सो माग गरेका हुन् ।
सांसद कार्कीले हिमाली तथा पहाडी क्षेत्रका गाउँगाउँमा उद्योग र घरघरमा रोजगारी सिर्जना गर्नका लागि सो प्राधिकरण तत्काल स्थापना गर्न आवश्यक रहेको तर्कसमेत गरे । उनले नेपालको हिमाली तथा पहाडी क्षेत्र कृषि, पर्यटन र जडीबुटी विकासको ठूलो सम्भावना बोकेको सम्पदा भएको उल्लेख गर्दै सरकारले त्यसलाई परिचालन गर्ने गरी विकास आयोजनाहरूको कामलाई अघि बढाउन अति आवश्यक रहेको स्पष्ट पारे ।
सांसद कार्कीले भने, ‘पहाडी जिल्लाहरूका दुर्गम क्षेत्रहरूमा शिक्षा, स्वास्थ्य, सडकलगायतका समस्याबाट जनता मारमा परेका छन् । हाम्रा हिमाली र पहाडी क्षेत्र खासगरी ठूलो सम्भावना बोकेका क्षेत्र हुन् । कृषि, पर्यटन र जडीबुटीमा आधारित रोजगारी सिर्जना गर्दै गाउँगाउँमा उद्योग र घरघरमा रोजगारी सिर्जना गर्नका लागि हिमाली तथा दुर्गम क्षेत्र विकास प्राधिकरण गठन गरियोस् भनी सरकारसँग माग गर्दछु ।’
सांसद कार्कीले जनता रोजगारीको अभावमा रहेकाले पनि सरकारले सो कुरालाई ध्यानमा राखेर मुलुकको स्रोत तथा साधन परिचालन गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार, शिक्षा र कृषिलाई प्राथमिकता दिँदै रुपन्देहीका पालिका
-
धौलागिरिमा ४८ करोड ५२ लाखको बजेट पारित
-
विद्यालय स्तरको पाठ्यक्रममा नैतिक शिक्षासम्बन्धी विषयवस्तु समावेश गर्न माग
-
प्रधानमन्त्रीपत्नीको स्पष्टोक्ति : सुरक्षाकर्मीले आफ्नै ब्याग बोकेका हुन्, मेरो होइन
-
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार
-
डा. गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण