एक करोड ४० लाख नागरिक बलिदानका लागि तयार : इरानी राष्ट्रपति
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा नजिकिँदै गर्दा इरानी राष्ट्रपतिले एक करोड ४० लाखभन्दा बढी नागरिक देशको रक्षाका लागि जीवन बलिदान गर्न तयार रहेको पुष्टि गरेका छन् ।
राष्ट्रपति मसुद पेजेस्कियानले एक्समा पोस्ट गर्दै आफू पनि देशका लागि बलिदान दिन तयार रहेको बताए। “एक करोड ४० लाखभन्दा बढी गर्वित इरानीहरूले आफ्नो जीवन इरानको रक्षामा समर्पित गर्न तयार रहेको घोषणा गरेका छन् । म पनि इरानका लागि बलिदानी भएको छु, छु र हुनेछु”, उनले लेखेका छन् ।
यसअघि इरानका उप खेलकुदमन्त्री अलिरेजा रहिमीले खेलाडी, कलाकार, विद्यार्थी र शिक्षकहरूलाई पावर प्लान्ट वरिपरि ‘मानव शृङ्खला’ बनाउन आह्वान गरेका थिए । यो कदम अमेरिकी राष्ट्रपति ट्रम्पको निर्धारित अल्टिमेटमसँग सम्बन्धित थियो, जसमा उहाँले इरानले स्ट्रेट अफ होर्मुजबाट ढुवानी पुनः सुरु नगरेमा देशका सबै पावर प्लान्ट र प्रमुख पुलहरूमा बमबारी हुने चेतावनी दिएका थिए ।
ट्रम्पले सोमबार ह्वाइट हाउसमा भने, “यदि इरानले मङ्गलबार राति ८ः०० बजे पूर्वी समयअघि सम्झौता गर्न आएन भने, देशका सबै प्रमुख पुल र पावर प्लान्टहरू नष्ट गरिनेछन् ।” उनका अनुसार यो ‘पूरै देशलाई एकै रातमा निशाना बनाउने’ योजना हुन सक्छ ।
इरानी राष्ट्रपतिको यो आह्वान अमेरिकी धम्कीको प्रतिवादका रूपमा आएको हो, जसले युवा र नागरिकलाई आफ्नै सुरक्षा र राष्ट्रिय सम्पत्तिको संरक्षणमा सक्रिय भूमिका लिन प्रेरित गरेको छ ।ट्रम्पले यसलाई ‘महत्त्वपूर्ण अवधि’ भन्दै इरानलाई वार्ता गर्न पर्याप्त समय दिएको र अब यसको परिणाम तत्काल देखिने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण