हाभर्टजको निर्णायक गोलमा आर्सनलको कठिन जित
सारांश
- युरोपेली च्याम्पियन्स लिग अन्तर्गतको खेलमा आर्सनलले स्पोर्टिङ लिस्बनलाई १-० गोल अन्तरले पराजित गरेको छ।
- खेलको अन्तिम समयमा काइ हाभर्टजले निर्णायक गोल गर्दै आर्सनललाई महत्त्वपूर्ण जित दिलाएका छन्।
लिस्बन । युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले पोर्चुगिज टोली स्पोर्टिङ लिस्बनमाथि कठिन जित हात पारेको छ। लिस्बनमा भएको प्रतिष्पर्धात्मक खेलमा आर्सनललाई १–० को जित दिलाउन सब्सिच्युट खेलाडी काइ हाभर्टजले खेलको अन्तिम समयमा निर्णायक गोल गरे।
इन्जुरी समयमा हाभर्टजले रुई सिल्भालाई छक्याउँदै बललाई जाली चुमाएपछि आर्सनलले अर्को हप्ता इमिरेट्स स्टेडियममा हुने दोस्रो लेगअघि महत्त्वपूर्ण अग्रता लिएको छ। सिजनमा पहिलो पटक लगातार दुई खेल हारेर दबाबमा परेको आर्सनलका लागि यो खेल सहज भने थिएन।
खेलको सुरुवाती समयमै घरेलु टोली स्पोर्टिङले आर्सनललाई कडा चुनौती दिएको थियो। ओसमाने डियोमान्डेको पासमा म्याक्सी अराउजोको प्रहार आर्सनलको क्रसबारमा ठोकिएपछि मिकेल आर्टेटाको टोली भाग्यमानी ठहरियो।
पहिलो हाफमा बल नियन्त्रणमा लिए पनि आर्सनलले खासै सुन्दर अवसर सिर्जना गर्न सकेन। नानी माडुएकेले कर्नरबाट सिधै प्रहार गरेको बल क्रसबारमा लाग्नु नै आर्सनलको पहिलो हाफको सबैभन्दा नजिकको अवसर थियो।
दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल पस्किए। आर्सनलका मार्टिन जुबिमेन्डीले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमे पनि भीएआरले त्यसलाई मान्यता दिएन।
बिल्ड-अपमा पूर्व स्पोर्टिङ स्ट्राइकर भिक्टर ग्योकेरेस अफसाइड देखिएपछि आर्सनलको अग्रता खोसिएको थियो। खेलको अन्तिमतिर स्पोर्टिङले निरन्तर दबाब बढाउँदा आर्सनलका गोलकिपर डेभिड रायाले तीनवटा उत्कृष्ट बचाउ गर्दै खेललाई बराबरीमा रोकिराखे।
स्पोर्टिङले गोलका लागि प्रयास गरिरहँदा काइ हाभर्टजले काउन्टर अट्याकमा गोल गर्दै आर्सनलको जित पक्का गरे। पछिल्ला तीन खेलमा पहिलो जित निकाल्दै आर्सनलले आफ्नो लय फिर्ता गरेको छ।
यस जितले प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनललाई आगामी सप्ताहान्तमा हुने बर्नमाउथविरुद्धको खेलअघि ठूलो आत्मविश्वास प्रदान गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण