इरानको युरेनियमको पूरै ख्याल राखिनेछ: ट्रम्प
बुधबार, २५ चैत २०८२, ११ : ४२
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युरेनियम भण्डारको सुरक्षा गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
- इरानसँग रहेको प्रशस्त युरेनियम नै युद्धको प्रमुख चिन्ताको विषय बनेको थियो।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युरेनियम भण्डारको पूरै ख्याल राखिने बताएका छन् । युद्धविराम घोषणा पश्चात् मंगलबार एएफपीसँगको अन्तर्वार्तामा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
युरेनियम आणविक हतियार निर्माणका लागि चाहिने मुख्य तत्त्व हो । इरानसँग प्रशस्त मात्रामा युरेनियम रहेको मानिन्छ । युरेनियम नै इरान युद्धको प्रमुख चिन्ता थियो ।
गत महिना वाल स्ट्रीट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै ट्रम्पले उक्त युरेनियम सुरक्षित गर्न सैन्य कारबाही गर्ने विकल्पबारे विचार गरिरहेको उल्लेख गरेको थियो । यद्यपि अन्तिम निर्णय भने गरिएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण