स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्याइन्छ : मन्त्री साह
काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनको एक दशक पुगेको अवसरमा स्वास्थ्य बीमा बोर्डले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले बीमा कार्यक्रमार्फत जनसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डिल्लीराम शर्माले स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा देखिएका गुनासा सम्बोधन गर्न मन्त्रालय तयार रहेको बताए । “सेवाग्राही र सेवा प्रदायकका तर्फबाट बीमा कार्यक्रममा सम्बन्धमा गुनासो आइरहेका छन्, यसलाई समाधान गरेर अघि बढ्नुपर्छ”, उनले भने ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेलले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकद्वारबाट कार्यान्वयन गर्ने, संस्थागत सुधार, प्रविधिको अधिकतम प्रयोग र समयमै दाबी फरफारक गर्न सक्नेगरी क्षमता अभिवृद्धि गर्नेतर्फ आफूहरू लागेको बताए ।
एक दशकमा देशको करिब एकतिहाई जनसङ्ख्यामा बीमा कार्यक्रम पुगेको छ । बीमा प्रिमियम तिर्ने करिब ९३ प्रतिशतले सेवा लिएको बोर्डले जनाएको छ । प्रतिपरिवार पाँच जना सदस्यका लागि प्रतिवर्ष रु तीन हजार ५०० योगदान रकममा आधारमा रु एक लाखसम्मको उपचार सुविधा उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण